जनशक्ति अभावमा अनलाइन सेवा प्रभावित

जनशक्ति अभावमा अनलाइन सेवा प्रभावित

विदुर : सर्वसाधारणको मुख्य भीडभाड हुने नुवाकोटको मालपोत कार्यालयमा अनलाइन सेवा सुरु गरिए पनि आवश्यक जनशक्तिको अभावमा सेवा प्रभावित भएको छ। सर्वसाधारणकै सुविधाका लागि विदुरस्थित कार्यालयमा अनलाइन सेवा सुचारु गरिए पनि दक्ष कर्मचारीको अभावमा उनीहरूले समयमै सेवा पाउन सकेका छैनन्।

कार्यालयले आफूमातहत हुने सबै काम अनलाइनबाटै सुरु गरे पनि कार्यालयमा कर्मचारीको अभाव र अनलाइन सञ्चालन गर्न जान्ने कर्मचारीको अभावहुँदा समस्या भएको सेवाग्राहीले गुनासो छ। कार्यालयका अधिकृत ईश्वरमान श्रेष्ठका अनुसार तत्काल प्राविधिक ज्ञान तथा कर्मचारीको अभाव छ। अनलाइनबाट सेवा छिटो छरितो हुने, दोहोरो नपर्ने, जग्गा किनबेचको करमा एकरूपता हुने, कारोबार गर्ने सबैको रेकर्ड रहने भएकाले सेवा प्रभावकारी हुने उनले बताए। जग्गाको हरेक विवरण मालपोतको अनलाइनमा राख्नुपर्ने नीति छ।

जग्गाधनीले कुन जग्गा बेच्ने भनेर अनलाइनमा घरैबाट फारम भर्न सक्ने भएकाले सेवाग्राहीलाई सहज हुने भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक मुक्ति आचार्यको भनाइ छ। उनले भने, ‘जग्गा विचौलियाका कारण अर्कैको जग्गा बिक्री गरिदिने भनेर अर्को स्थानको जग्गा बेच्नेजस्ता समस्याबाट जोगिन र जोगाउन पनि अनलाइन सेवा आवश्यक छ।’

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले नयाँ प्रविधिलाई कार्यालयले भित्र्याएर राम्रो गरे पनि व्यवस्थित सेवा दिन नसक्दा समस्या ज्यूँका त्यूँ रहेको बताए। प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले मालपोत कार्यालयमा विचौलियाको चलखेल हुने गरेको गुनासो हटेको बताए। जिल्लामा जग्गासम्बन्धी करिब पाँच सय काम हुने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.