लुम्बिनी- ढोरपाटन सडक निर्माण तीब्र गतिमा अघि बढाइने

लुम्बिनी- ढोरपाटन सडक निर्माण तीब्र गतिमा अघि बढाइने

 सन्धिखर्क : रुपन्देहीको सालझण्डी, सन्धिखर्क ढोरपाटन सडकको निर्माण कार्यलाई गति दिन ,  विवाद समस्या समाधान गर्न अर्घाखाँची र गुल्मी जिल्लाका सरोकारवाला निकायको बैठक सम्पन्न भएको छ । 

सालझण्डी–सन्धिखर्क ढोरपाटन सडक निर्माणमा देखिएका समस्यालाइ समाधान गरि सडक निर्माणलाई गति दिनका लागि जिल्ला प्रशासन कार्यालय सन्धिखर्कमा दुई जिल्लाका सरोकारवालाहरुको बैठक बसेको हो । 

पाल्पाको कञ्चनखोलादेखि अर्घाखाँचीको ढुंग्री खोलासम्मको १८  किलोमिटर सडक ग्राभेल गर्नका लागि भ्याट बाहेक ४ करोड ३७ लाखमा ठेक्का लिएर पनि काम नगर्ने बिटी जयबाबा कन्ट्रक्सनले भदौ १५ गतेभित्र चाहिने मेसिन, लेवर तथा औजारहरु सम्बन्धित क्षेत्रमा नलगेमा कन्ट्रक्सनलाई कानुन बमोजिम कारवाही गर्ने र ठेक्का रद्ध गर्ने निर्णय गरेको छ । 

बिटी जयवावाले  १८ किलोमिटरमा पाँच किलोमिटर मात्र ग्राभेल गरेको र पटक पटक काम गर्न आग्रह गर्दा समेत काम नगरेको सालझण्ढी सन्धिखर्क ढोरपाटन सडक आयोजनाका प्रमुख इन्जिनियर होमबहादुर एसीले बताए । 

ट्रयाक कताबाट जाने भन्ने विषयमा विवाद रहेको अर्घाखाँचीको सन्धिखर्क, म्यालपोखरी र गुल्मीको पुरकोटमा सडक विस्तारका लागि दुइ जिल्लाका सरोकारवालाहरु बसेर पहल गर्ने र  आउने दशैसम्म गुल्मीको अर्खवांगदेखि देउराली हुँदै बुटबलसम्म बस सञ्चालन गर्ने गरी सडक निर्माण आयोजना अगाडी बढाउने निर्णय भएको छ । 
मुलुकको एकमात्र हिमाली शिकार आरक्षण बाग्लुगको ढोरपाटन लाई तराईसँग जोड्ने सालझण्डी सन्धिखर्क ढोरपाटन सडक निर्माणको कामले तिब्रता लिने भएको हो । यो सडक निर्माण भएपछि तराईबाट छोटो दुरीमा बाग्लुंगको ढोरपाटन पुग्न सकिने छ । 
   सडक निर्माण सम्पन्न भएपछि लुम्बिनीको भ्रमणमा आउने पर्यटकहरु पनि ढोरपाटनमा घुम्न पाउने छन् । मुलुकको एकमात्र हिमाली शिकार आरक्षण ढोरपाटनसम्म सालझण्डी ढोरपाटन सडक पुगेपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकहरु प्राकृतिक सौन्दर्य चुम्दै ऐतिहासिक तथा धामिर्क स्थल हेर्न ढोरपाटन शिकार आरक्षणसम्म पुग्न पाउने छन्। 

 यो सडकको जम्मा लम्बाई एक सय ८५ किलो मिटर छ । रुपन्देहीमा ५, पाल्पामा २० अर्घाखाँचीमा ७० गुल्मीमा ४० र वाग्लुङ्गमा ५० किलोमिटर क्षेत्र सडकले ओगटेको छ । वाग्लुङ्गको धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटनसम्म पु¥याइएको यो सडकले पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको हो । 

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्मा, गुल्मीका प्रमुख लक्ष्मण पराजुली, समन्वय समिति उपप्रमुख रिषीबहादुर पुलामी, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, प्रहरी नायव उपरिक्षक नवराज मल्ल, उद्योग वाणिज्य संघ गुल्मीका पुर्ब अध्यक्ष राजेन्द्र श्रेष्ठ, अर्घाखाँचीका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसाल, सालझण्डी सन्धिखर्क ढोरपाटन सडकका आयोजना प्रमुख होमबहादुर एसी लगायतका सरोकारवाला निकायहरुबीच छलफल भएको हो । 

ढोरपाटनलाई    वरिपरि पहाडै पहाड, पहाडलाई रुखबिरुबाको हरियालीले घेरेकोछ । बिचको समथर भूमिमा भन्दा अल्लि माथी ढिकढाक र माथिल्लो क्षेत्रमा मानिसहरु घर बनाएर बसेका छन्। 
   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.