दाङमा धुमधामका साथ गाईजात्रा मनाइयो (फोटोसहित)

दाङमा धुमधामका साथ गाईजात्रा मनाइयो (फोटोसहित)

दाङ : नेवार समुदायको प्रमुख पर्वको रुपमा रहेको गाईजात्रा दाङका नेवारले पनि मनाएका छन्। भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व दाङसहित आज देशभर मनाइँदै छ। विषेश गरी नेवार समुदाय बसोबास भएका ठाउँमा गाईजात्रा पर्व मनाइन्छ। 

मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले गाईजात्राका दिन मृतक आफन्तको सम्झनामा उनीहरुको तस्बिरका साथै पुत्लाहरु बनाएर आ(आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ। गाई र मानिसलाई श्रृंगारी मृतक आफन्तको प्रतिमाका साथ सहर परिक्रमा गर्दै मृतकका आफन्तले फलफूल, मिठाई, दूध, दहीलगायत विभिन्न खानेकुरा र द्रव्य दान गर्ने प्रचलन रहेका नेवार समाज तुलसीपुरमा अध्यक्ष नरेशराज राजभण्डारी बताए। यो वर्ष निकालिएको गाईजात्रा भने केही फरक आकृतिमा आएको उनले बताए। 

मृतकको घरबाट निकालेर नगरपरिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिले मुक्ति पाउने धार्मिक विश्वास रहेको उनले बताए । गाईजात्रा पर्वको सुरुवात राजा प्रताप मल्लले गराएको मानिन्छ। राजा प्रताप मल्लले पुत्रको मृत्यु शोकले बिह्वल भएकी आफ्नी रानीलाई फकाउनका लागि हाम्रो छोराजस्तै धेरैका आफन्त मरेका छन् भनी देखाउन आ-आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आज्ञा दिएको किम्वदन्ती छ। दाङका नेपाल समुदायले आज गाईजात्राबाट सुरु भएको पर्व आठ दिनसम्म विभिन्न पर्व र जात्राका रुपमा मनाउने तयारी गरेको झक्‍कु प्रसाद श्रेष्ठले बताए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.