सार्वजनिक भएन मन्त्रीको सम्पत्ति विवरण

सार्वजनिक भएन मन्त्रीको सम्पत्ति विवरण

बुटवल : पाँच नम्बर प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सरकार गठन भएको ६ महिनासम्म पनि सार्वजनिक भएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइट खोलेर मन्त्रिपरिषद्मा क्लिक गरेपछि ‘माननीय मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण’ लेखिएको देखिन्छ । तर, सम्पत्ति विवरण नभई प्रतीक्षा गर्नुस् भनिएको छ ।

०७४ साल फागुन ३ गते प्रदेश ५ मा शंकर पोखरेलको नेतृत्वमा सरकार गठन भएको हो । सोही दिन केपी ओली पनि प्रधानमन्त्री भएका थिए । ओली र मुख्यमन्त्री पोखरेलले एकै दिन शपथग्रहण गरेका थिए । संघीय सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको केही महिनाअघि नै सम्पत्ति विवरण सार्वजनिक भए पनि प्रदेश ५ का सरकार मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण अझै जनताले जान्न पाएका छैनन् । प्रदेश ५ का तत्कालीन प्रमुख सचिव शंकर पाठकले वेबसाइट तयार भएपछि सम्पत्ति विवरण प्रकाशन गरिने बताएका थिए ।

मन्त्रिपरिषद् गठन भएको ६० दिनभित्र सम्पत्ति विवरण मन्त्रिपरिषद् कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । सबै मन्त्रीको सम्पत्ति विवरण आइसकेपछि केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ढिलो गरेर भए पनि सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेको छ । तर, पहिलो पटक गठन भएको प्रदेश सरकारले सम्पत्ति विवरण सार्वजनिक गर्नेतर्फ चासो दिएको छैन । ‘सम्पत्ति विवरण बुझाइसकेका छौं । सार्वजनिक गर्ने काम मन्त्रिपरिषद् कार्यालयको हो, आवश्यक परे सार्वजनिक गर्ला’, प्रदेश ५ सरकारका प्रवक्ता वैजनाथ चौधरीले भने ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वसन्त अधिकारीले भने सम्पत्ति विवरण बुझाउन कानुनी व्यवस्था भए पनि सार्वजनिक गर्नै पर्ने बाध्यता नभएको बताउने गरेका छन् । ‘सबैले बुझाइसक्नुभएको छ, सार्वजनिक गर्नै पर्छ भनेर कानुनमा छैन,’ उनले भने । तर, अधिकारीले सम्पत्ति विवरण वेबसाइटमा राख्ने तयारी भएको जानकारी भने दिए ।

पारदर्शी सरोकार समूहका अध्यक्ष महेन्द्र पाण्डेले कानुनमा बाध्य छैन भनेर प्रदेश सरकार पन्छिन नपाउने बताए । ‘जिम्मेवार पदमा बसेकाहरू पारदर्शी हुनै पर्छ । नत्र विधिको शासनको उपहास हुन्छ’, उनले भने, ‘केन्द्र सरकारले सम्पत्ति सार्वजनिक गर्दा, प्रदेशले कानुनले छैन भनेर कुतर्क गर्नु हास्यास्पद हो ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.