२५ करोड लगानीमा स्याउ फार्म

२५ करोड लगानीमा स्याउ फार्म

(भ्राताङ) मनाङ : करोडौंको लगानीमा मनाङमा स्याउ फार्म सञ्चालन गरिएको छ । मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङमा सञ्चालन गरिएको स्याउ फार्मले उत्पादन पनि दिन थालेको छ ।

प्रतिनिधि सभा सदस्य पाल्तेन छोपाङ गुुरुङले मनाङ मस्र्याङ्दी क्लबको सात सय ३५ रोपनी जग्गा २७ वर्षलाई भाडामा लिएर स्याउ फार्म सञ्चालन गरेका हुुन् । अहिले चार सय २५ रोपनीमा इटाली र सर्बियाबाट ल्याइएका ६७ हजार बिरुवा रोपिएको छ । चार वर्षदेखि सुुरु गरिएको फार्ममा सन् २०१८ सम्ममा ७३ हजार बिरुवा रोप्ने लक्ष्य छ । रोपिएका स्याउले दुुई वर्षदेखि फल दिइरहेका छन् ।

फुुजी, गाला र गोल्डेन प्रजातिका वर्णशंकर स्याउका बिरुवाले यसपटक गत वर्षभन्दा बढी फल दिने गुुरुङले अपेक्षा गरेका छन् । वर्णशंकर भएकाले यी बिरुवा अरू स्याउ जस्ता अग्ला र मोटा छैनन् । तर, बयस्क भइसकेपछि प्रत्येक बोटबाट कम्तीमा ३० देखि ३५ किलो स्याउ उत्पादन हुुने गुुरुङ बताउँछन् । गत वर्ष भने एउटा बोटबाट ७–८ किलोसम्म स्याउ उत्पादन भएको थियो । यो वर्ष पाँच लाख किलो स्याउ फल्ने गुुरुङको अनुुमान छ । अपेक्षाअनुुसार स्याउ फलेमा पाँच करोड आम्दानी हुुने गुुरुङ बताउँछन् । स्याउ फार्ममा ६५ जनालाई प्रत्यक्ष रोजगारी मिलेको सञ्चालक गुुरुङले बताए ।

स्याउ फार्मका लागि हालसम्म गुुरुङको कम्पनी ‘एग्रो मनाङ’ ले २५ करोड रुपैयाँ लगानी गरिसकेको छ । यसलाई बढाउने गुुरुङको लक्ष्य छ । उनले मनाङमा स्याउ फार्म मात्र चलाएका छैनन्, फार्ममै जोडेर होटल र कोल्डस्टोरसमेत निर्माण गरेका छन् । ‘हामीले यहाँ स्याउ खेती मात्र गर्न खोजेका होइनौं’, गुुरुङले भने, ‘एग्रो टुुरिजम विकास गर्न खोजेका हौं, त्यसैले होटल पनि सँगसँगै बनाउँदै छौं ।’ गुुरुङले जुुस, ड्राई एप्पल, ब्रान्डी, वाइन बनाउने लक्ष्य राखेका छन् ।

काठमाडांैको ठमेलस्थित चल्तीको होटल बेचेर स्याउ फार्म सञ्चालन गरेका गुुरुङले नेपाल सरकार र एसियाली विकास बैंकबाट पनि सहयोग पाएका थिए । उनले दुुई करोड २४ लाख अनुुदान सहयोग पाएको बताए । उनी भन्छन्, ‘अनुुदानका लागि फार्म सुुरु होइन । अनुुदानले प्रोत्साहन गरेको छ, तर हामी अझै लगानी बढाउँदै जानेछौं ।’

प्रतिनिधि सभा सदस्य पाल्तेन छोपाङ गुुरुङले मनाङ मस्र्याङ्दी क्लबको सात सय ३५ रोपनी जग्गा २७ वर्षलाई भाडामा लिएर स्याउ फार्म सञ्चालन गरेका हुुन् ।

गुुरुङले आगामी पाँच वर्षभित्र हरेक वर्ष कम्तीमा २१ लाख किलो स्याउ उत्पादनको लक्ष्यका साथ आफूहरूले लगानी विस्तार गरिरहेको बताए । ‘सन् २०२१ मा २१ लाख किलो स्याउ फलाउने लक्ष्य छ’, गुुरुङले भने, ‘सन् २०१८ सम्म ७३ हजार बिरुवा पुुर्‍याउँछौं ।’ उनले काठमाडांैका तीन सय २५ पसलबाट स्याउ बिक्री गरिने बताए । उत्पादित स्याउ सबै नेपालमै बेच्ने लक्ष्य उनको छ । उत्पादित स्याउले बजार नपाउला भनेर उनले तीन प्रजातिका स्याउ लगाएका छन् । फुुजी, गाला र गोल्डेन जातका स्याउ क्रमशः सेप्टेम्बर, अक्टुुबर र नोभेम्बरमा पाक्छन् । तीन महिनासम्म फार्मबाट उत्पादित स्याउ बजार पुुर्‍याउन र स्टोरेज गर्न सजिलो हुुने उनले बताए ।

‘अहिले पनि नेपालमा बाहिरी देशबाट १३ सय करोड रुपयाँको स्याउ आयत हुुन्छ । करोडौं रकम बाहिर गएको छ’, गुुरुङले भने, ‘हिमाली क्षेत्रमा यसैगरी फार्म सञ्चालन गर्न सके आयात रोकेर निर्यात गराउन सकिन्छ ।’ उनले एकै ठाउँमा यति धेरै जमिनमा सञ्चालन गरिएको फार्म साउथ एसियाकै ठूलो भएको दाबी गरे । ‘यो प्रजातिको स्याउ नेपालमै पहिलो पटक रोपिएको हो’, एग्रो मनाङका निर्देशक गुुरुङले भने, ‘ठूलो क्षेत्रमा रहेको स्याउ फार्म साउथ एसियामै ठूलो हो ।’

लमजुुङ सदरमुुकाम बेसीसहरबाट मनाङको सदरमुुकाम चामेसम्म करिब सात वर्षअघि सडक पुुगेको थियो । त्यसपछि यो सडक अहिले माथिल्लो मनाङसम्म पुुगेको छ । सडक चामेबाट मनाङ जाने सडक गुुरुङको स्याउ फार्मभित्रैबाट पार हुुन्छ । यसले स्याउको व्यावसायिकता अझ बढाएको गुुरुङ बताउँछन् । तर, कच्ची सडक पक्की हुुन नसक्दा उत्पादन बजारसम्म पुुर्‍याउन सहज नभएको उनी बताउँछन् ।

नेदरल्यान्डसम्म पुुगेर स्याउको अध्ययन गरेका गुुरुङका छोरा युुवराजले फार्मलाई सहयोग गरिरहेका छन् । उत्पादित स्याउ भारतको कोलकाता हुुँदै तेस्रो मुुलुुकसम्म निर्यात गर्ने योजनामा रहेको उनले बताए । ‘हामीले मात्र हैन, अब अरूले पनि यस्तै स्याउ फार्म चलाउनुुपर्छ । अनिमात्र उत्पादन बढाउन सकिन्छ’, युुवराजले भने, ‘केही वर्षपछि हामीले निर्यात गर्न सक्छौं, त्यसका लागि तेस्रो मुुलुुकको बजारको अध्ययन गरिरहेको छुु ।’

फोटो ः

मनाङको भ्राताङस्थित स्याउ फार्ममा फलेका स्याउ । नवीनराज कुुइँकेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.