कालिकोटको मोल्फामा भीषण पहिरो, १०७ घर उच्च जोखिममा

कालिकोटको मोल्फामा भीषण पहिरो, १०७ घर उच्च जोखिममा

कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिका-५ मोल्फामा भीषण पहिरो जाँदा स्थानीयका १ सय ७ घर जोखिममा परेका छन्। एक महिनादेखि आएको अविरल वर्षासँगै मोल्फामा आएको पहिरोले घोडेना र मोफा बजारका गरी एक सय ७ घर उच्च जोखिममा परेका हुन्। सोमबार बिहान करिब २ बजेतिर आएको पहिरोेले स्थानीय सबैलाई त्रसित बनाएर गाउँ छाड्नुका साथै बिचल्ली बनाएको छ।

खाँडाचक्र नगरपालिका- ६ का वडाध्यक्ष जगदीश शाहीले घोडेना गाउँको छेउबाट खसेको पहिरोले कर्णाली राजमार्गसँग जोडिएको मौल्फा बजारका ५१ घर र घोडेनाका ५६ घर उच्च जोखिममा परेको बताए। उनले घोडेनाको छेउमा गएको पहिरोले स्थानीय पदमबहादुर शाहीको पूरै घर भासिदिएकाले उनीहरूको बिचल्ली भएको बताए। उनका अनुसार घोडेनाको गाउँको तलतिरबाट निरन्तर पहिरो खस्दा पूरै गाउँ जोखिममा परेको हो। उनले त्यसै पहिरोका कारण कर्णाली राजमार्गसँग जोडिएको मोल्फा बजारवासीको पनि भागाभाग भएको बताए। उनले भने, ‘घोडेना गाउँको तलतिरको भाग पूरै भासिएको छ। स्थानीय पदमबहादुर शाहीको घर त पहिरोमा बगेको छ।’ उनले पानीको मुहानसहितको पहिरोले माथि घोडेना र तल मोल्फाको बजार नै जोखिममा परेकाले स्थानीय गाउँ छाड्न बाध्य भएको बताए।

स्थानीय कमल चौलागाईंले ०६५ सालमा त्यसै ठाउँमा आएको पहिरोले ६ घर बगाएको जानकारी दिँदै पुनः त्यसै पहिरो दोहोरिएको बताए। उनले त्यतिबेला पहिरो आउँदा रोकथामका लागि कतिपय ठाउँमा ग्याबिन लगाएर घर निर्माण गरिए पनि अहिले पूरै गाउँ भासिने अवस्था आएको बताए। उनले भने, १० वर्षअघि ठूलै पहिरो आएको थियो। त्यसपछि कुनै वर्ष आएन। सोमबार बिहान करिब दुई बजेतिर एक्कासि पहिरो आयो।’ उनले यस वर्ष पहिरो निरन्तर बग्दै गाउँसम्म आएकाले निकै जोखिम बढेको बताए। उनले भने, न वर्षा रोकिएको छ न पहिरो।’ उनले गाँउमा बस्न सकिने अवस्था नरहेको बताए।

कालिकोट प्रदेशसभा ख बाट निर्वाचित सांसद कुर्मराज शाही, प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, जिल्ला प्रहरी प्रमुख डीएसपी विनोद शर्मा, नेपाल रेडक्रस सोसाइटी कालिकोटका सभापति बलप्रसाद संज्याललगायतको टोलीले पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेको छ। प्रमुख जिल्ला अधिकारी कार्कीले पहिरोको निरीक्षण गरेपछि जोखिममा रहेका सबै स्थानीयलाई नजिकै रहेको विद्यालयमा सार्न लगाइएको बताए। उनले पानीको मुहानसहित पहिरो बगिरहेकाले पानीको मुहानलाई पहिरोमा बग्न नदिन ७ सय मिटर पाइपसमेत पठाइएको बताए। उनले भने, ‘ठाउँहरू निकै जोखिममा छन्। सुरक्षित ठाउँमा सार्न वडाध्यक्षसहित प्रहरीको टोली पहिरो स्थलमै रहेको छ। जिल्लाबाट केही लत्ताकपडा र पाल पठाउने तयारी गरिएको छ।’

पहिरोका कारण कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ। जिल्लाको खाँडाचक्र नगरपालिकाको मोल्फा, पिलीलगायत ठाउँमा ठूलो पहिरो खसेका कारण कर्णाली राजमार्ग ठप्प भएको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी शर्माले पहिरो पन्छाउन डोजर लगाइए पनि धेरै ठाउँमा पहिरो खसेकाले भोलिसम्म राजमार्ग सञ्चालनमा आउने सम्भावना रहेको बताए। कर्णाली राजमार्ग पहिरोका कारण बाइकसमेत छिर्न नसक्ने भएपछि मुगु, जुम्लादेखि सुर्खेत नेपालगन्ज र नेपालगन्ज-सुर्खेतदेखि कालिकोट, जुम्ला मुगुका लागि छुटेका सवारीसाधन र यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
एक महिनादेखि आएको अविरल वर्षासँगै मोल्फामा आएको पहिरोले घोडेना र मोफा बजारका गरी एक सय ७ घर उच्च जोखिममा परेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.