नमुना पुल निर्माण अलपत्र

नमुना पुल निर्माण अलपत्र

तानसेन : रुरु क्षेत्र धाम रिडिमा गुल्मी, पाल्पा र स्याङजा जिल्ला जोड्ने तिनमुखे पुल निर्माण अलपत्र बनेको छ। ०७४ असार महिनामै पुल निर्माण कार्य पुरा भई सर्वसाधारणको लागि आवत जावत गर्न खुला गर्ने गरी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो। ठेक्का सम्झौता सकिएको एक बर्ष वितिसक्दा पनि पुल बन्ने नवन्ने अनिश्चित भएको छ।

तीन मुखेपुलको अहिलेसम्म मुख्य पिलरको केही भागमात्र निर्माण गरी अलपत्र अवस्थामा छाडिएको छ। हिन्दुहरुको चार धामको रुपमा परिचित रुरु क्षेत्र रुरु धाममा पाल्पा, गुल्मी र स्याङ्जा जिल्ला जोड्ने तिनमुखे पुल शिलन्यास भएको ४ बर्ष २ महिना पुरा हुदासम्म पुल निर्माणको कामले गति लिन सकेको छैन। तत्कालीन मुख्यसचिव लिलामणी पौडेल र गुल्मी जिल्लाका पुर्व सांसद चन्द्र भण्डारीले शिलन्यास गरेको तिनमुखे पुलमा ४ बर्षको अवधीमा २० प्रतिशत मात्र काम भएको छ।

कालीगण्डकी र रिडि खोलाको संगम स्थल रुरु क्षेत्रमा तिन जिल्ला जोड्ने नेपालकै नमुना झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो। नयाँ बाटो, रुविना मना जेवी निर्माण कम्पनी तनहुँले ०७४ अषाढ ९ गते सम्पन्न गर्ने गरी ०७१ साल अषाढमा १० गते सम्झौता गरेका थिए। ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ रुपैयामा पुल सक्ने सम्झौता भएको थियो।

रुरु क्षेत्र धाममा आउने भक्तजन, तिर्थालुहरुले जुनसुकै समयमा पनि पुलबाट तिन वटै जिल्लाका विभिन्न धार्मिक तिर्थ स्थलहरुको अवलोकन गर्न सक्ने र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले पुल निर्माण थालिएको हो। स्थानीय विकास मन्त्रालयको सस्पेन्सन बृज डिभिजन कार्यक्रम अन्तरगत तीनमुखे पुललाई नेपालमै नमुना पुलको रुपमा लिइएको छ।

पाल्पा, गुल्मी र स्याङ्जा तिन तिरबाटै जोडिने १७७.४ मिटर लम्वाईको झोलुङ्गे पुल निर्माण गर्ने र मध्य मागमा तिनवटै पुल लाई जोड्ने ४२ मिटर अग्लो पिलर खम्वा राखि पुल निर्माण गर्ने डिजाईन बनाएको छ। पुल निर्माण नहुदा स्थानीयबासि लाई बर्षातको समयमा समेत आवत जावत गर्न कठिनाई हुदै आएको छ।

‘पुलको शिलन्यास हुदा खुसिको सिमा रहेन तर ४ बर्ष पुरा हुदासम्म पुल निर्माणको ठोस प्रगति नहुदा पुल नै नवन्ने हो कि भन्ने चिन्ता भयो,– तानसेन नगरपालिका १४ का पर्शुराम भट्टराईले बताए। पुल निर्माणको विषयमा पटक पटक मन्त्रालय, विभाग पुगे, धेरै पटक ठेकेदारलाई झकझकाउने गरिएको उनले बताए।

पुल निर्माणमा कुनै पनि निकायले चासो नदिएको स्थानीयले बताएका छन्। रुरु गाउँपालिका वडा नंं १ का वडा अध्यक्ष रामलाल वि.क. निर्माण कम्पनीले लार्पबाही गरेको बताए।

निर्माण कम्पनीले तोकिएको समयमै काम नगरेपछि पुल निर्माण विभागले ताकेता गरेको जनाएको छ। ‘पटक पटक सार्वजनिक सुचना निकालेर, विभागमै बोलाएर निर्माण कम्पनीका जिम्मेवार व्यक्ति महेन्द्र अधिकारीलाई पुल निर्माणको लागी ताकेता गरिएको छ, पुल निर्माणका डिभिजन प्रमुख दिनेश शर्माले बताए।

तिन मुखेपुलको मुख्य पिलर बनाउने काम भएको छ। जमिनबाट १६ मिटर तल धसाएर पिलर निर्माण भएको र अव बाहिर भाग निर्माणको काम बाकी रहेको डिभिजन प्रमुख शर्माले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.