दुई राष्ट्रपतिको लुम्बिनी भ्रमण : सुरक्षा व्यवस्था कडा

दुई राष्ट्रपतिको लुम्बिनी भ्रमण : सुरक्षा व्यवस्था कडा

भैरहवा : काठमाडौंमा हुने दुई दिने बिम्स्टेक सम्मेलनमा भाग लिन आउन लागेका श्रीलंका र म्यानमारका राष्ट्रपतिलाई लुम्बिनी भ्रमणमा भीभीआईपी सुरक्षा दिइने भएको छ। जिल्ला प्रशाषन कार्यालय रुपन्देहीले दुई राष्ट्रपतीको सुरक्षा चुनौती विश्लेषण गर्दै भीभीआईपी सुरक्षाका साथ लुम्बिनी भ्रमण गराउने भएको हो। भ्रमणका क्रममा चारै सुरक्षा निकायका करिव एक हजार दुई सय सुरक्षाकर्मी लुम्बिनीमा परिचालन गरिने भएको छ।

सुरक्षा निकाले विप्लव माओवादी, सिके राउत समूह र ससश्त्र समूहबाट सुरक्षा चुनौती रहेको विश्लेषण गरेको छ। खुला सिमाना भएकाले राष्ट्रपतिको सुरक्षाका लागि सशस्त्र समूहलाई पनि चुनौतिका रुपमा हेरिएको सुरक्षाअधिकारीले बताएका छन्। यद्यपि पछिल्लो समय लुम्बिनी क्षेत्रमा त्यस्तो गतिबिधि देखिएको छैन।

बिम्स्टेक सम्मेलन सुरु नहुँदै भदौ १३ गते म्यानमारका राष्ट्रपति र सम्मेलनपछि भदौ १६ गते श्रीलंकाका राष्ट्रपति लुम्बिनी आउँदैछन्। तलिम र रोहिंग्याको गतिबिधि लुम्बिनीमा नदेखिए पनि त्यसलाई निगरानीमा राखिएको सुरक्षा निकायले जनाएको छ। राष्ट्रपति आउने भएपछि लुम्बिनीमा सुरक्षाकर्मीको वाक्लो उपस्थिति देखिन थालेको छ। सुरक्षाकर्मीले लुम्बिनी आसपास एवं सीमा क्षेत्रमा समेत निगरानी बढाएको छ।

भ्रमण कार्यक्रम

दुवै देशका राष्ट्रपति फरक फरक मितीमा आउने भए पनि आएखि नफर्केसम्म सुरक्षा व्यवस्था उच्च सतर्कतामा राखिने भएको छ। सम्मेलन सुरु हुनुअघि लुम्बिनी भ्रमणमा आउने म्यानमारकी राष्ट्रपति काठमाडौंबाट भैरहवा विमानस्थलमा अवतरण गरेपछि हेलिकोप्टरबाट लुम्बिनी जाने कार्यक्रम छ। टोलीका अन्य सदस्य भने सडकबाटै लुम्बिनी पुग्नेछन्। उनी लुम्बिनी पुगेपपछि मायादेवी मन्दिर अवलोकन र पुजा गर्ने छिन्।

मन्दिर परिसरमा उनलाई लुम्बिनीबारे जानकारी गराउने कार्यक्रम छ। त्यसपछि ध्यानकेन्द्रमा गएर पुजा गर्ने र केही समय ध्यान गर्ने कार्यक्रम तय गरिएको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले जानकारी दिए। श्रीलंकाका राष्ट्रपति पनि सोही अनुसार काठमाडौंबाट भैरहवा विमानस्थल हुँदै हेलिकप्टरमा लुम्बिनी पुग्ने छन्।

मायादेवी मन्दिर अवलोकनपछि पुजाआजा र लुम्बिनीबारे जानकारीपछि उनले श्रीलंकाद्धारा निर्मित गुम्बा, गेस्ट हाउस अवलोकन गर्ने छन्। त्यसपछि त्यहाँ वृक्षारोपण गर्ने कार्यक्रम समेत रहेको सूचना अधिकृत राईले बताए। लुम्बिनीमा दुवै राष्ट्रपतीको कार्यक्रम केही घण्टाको मात्र हुनेछ। दुई मित्र राष्ट्रका राष्ट्रपतिको भ्रमणका बेला सुरक्षा व्यवस्था कडा पारिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए।

दुई राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशश्त्र प्रहरी, तेस्रो घेरामा नेपाल सेनाले सुरक्षा दिनेछ। त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागलाई पनि गोप्य रुपमा परिचालन गरिने बताइएको छ। भ्रमणका कारण भदौ १३ र १६ गते केही समयका लागि सर्वसाधरण, श्रद्धालु भक्तजन, पर्यटकलाई लुम्बिनी विकास कोष क्षेत्रमा प्रवेशमा रोक लगाइने भएको छ।

खाल्डाखुल्डी पुर्न निर्देशन

राष्ट्रपति भैरहवाबाट हेलिकप्टरबाट लुम्बिनी जाने कार्यक्रम भए पनि टोलीका अन्य पाहुना सडकमार्फत लुम्बिनी जाने भएकाले सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिइएको प्रजिअ रानाले बताए।

सवारी आवगमनमा सहजताका लागि सडकमा भएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन, भैरहवा तौलिहवा सडकखण्ड आयोजना र लुम्बिनी सांस्कृतिक नगरपालिकालाई निर्देशन दिइएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.