म्यान्मारका राष्ट्रपति काठमाडौंमा, सीधै होटल सोल्टी लगियो

म्यान्मारका राष्ट्रपति काठमाडौंमा, सीधै होटल सोल्टी लगियो

काठमाडौं : म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौँ उत्रिएका छन् । उनी सवार विशेष विमान दिउँसो २ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । 

उनी काठमाडौँ उत्रनु आधा घण्टा अघि नै महानगरीय ट्राफिक प्रहरी महाशाखाले गौशालादेखि, त्रिभुवन विमानस्थल, तीनकुने र नयाँ वानेश्वर हुँदै कलंकीसम्म सवारीलाई दुईतर्फी अवरुद्ध गरेको थियो । 

विमानस्थलबाट उत्रिए लगत्तै उनलाई सीधै कालिमाटीस्थित होटल सोल्टी लगिएको छ। त्यसक्रममा दुवैतर्फको सडक ठप्प पारिएको हो । 

विमस्टेकको चौथो सम्मेलनमा भाग लिन आउने उनी पहिलो विशेष पाहुना हुन । उनको स्वागतमा परराष्ट्र मन्त्रालयका पदाधिकारी विमानस्थल पुगेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.