सार्वजनिक जग्गा बिक्रीमा किर्ते

सार्वजनिक जग्गा बिक्रीमा किर्ते

परासी : किर्ते कागज बनाएर सार्वजनिक जग्गा बिक्री गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले मालपोत कार्यालय परासीका चार कर्मचारीसहित ६ जनामाथि संगठित अपराधमा मुद्दा चलाएको छ । उनीहरुमाथि पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१(साविक तिलकपुर–५) को दुई बिगाहा १५ कट्ठा २ धुर सार्वजनिक जग्गालाई किर्ते कागजका आधारमा गैंडाकोट–१३ स्थित लुम्बिनी ग्यास कम्पनीलाई बिक्री गरेको आरोप छ । कर्मचारीसहित जग्गाको कारोबार गर्ने र जग्गाधनी बनेकालाई पक्राउ गरी मुद्दा चलाइएको हो ।

मुद्दा चलाइएकाका कर्मचारीमा बुटवल उप–महानगरपालिका–११ घर भई मालपोत अधिकृत पदमा कार्यरत मनोहरप्रसाद पन्थी, पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–२ घर भएका मोठ फाँटका खरिदार जीवलाल भुषाल, रामग्राम नगरपालिका–३ परासी घरभई कम्प्युटर अपरेट पदमा कार्यरत एजाज खाँ र पर्वत घर भई खरिदार पदमा कार्यरत आशा खड्का रहेको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । त्यसैगरी मुद्दा चलाइएका अन्य दुई जनामा जग्गाधनी बनेका कालीगण्डकी गाउँपालिका–३ गुल्मीका दीपक सुनार र जग्गाको कारोबार गर्ने पश्चिम नवलपरासी सरावल गाउँपालिका–३ का यादवप्रसाद भण्डारी रहेका छन् ।

सार्वजनिक जग्गा बिक्री गरेको खुलेपछि मालपोत कार्यालयले किर्ते कागज बनाएर कर्मचारीलाई झुक्काएको भन्दै ‘किर्ते जालसाझी’ गराउने उपर कारबाहीको मागगर्दै निवदेन दिएको प्रहरी उपरीक्षक भट्टले बताए । अनुसन्धानगर्दै जाँदा चार जनाभन्दा बढी व्यक्ति मिलेर सार्वजनिक जग्गा बिक्री गरेको पाइएपछि ‘सांगठनिक अपराध’ मा मुद्दा चलाइएको उनले जानकारी दिए । जग्गा बिक्रीमा अन्य व्यक्तिहरुको समेत संलग्नता भएको हुन सक्ने आशंकागर्दै प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।

उक्त जग्गा ग्याँस कम्पनीलाई गत जेठ ९ गते एक करोड १२ लाखमा बिक्री गरिएको खुलासा भएपछि स्थानीयले जिल्ला प्रशासनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा उजुरी दिएका थिए । गिरोहले जग्गाको कित्ता नं. फेरबदल गरेर सार्वजनिक जग्गा बिक्री गरेका हुन् । २४ नम्बर कित्तामा रहेको उक्त जग्गा सार्वजनिक रहेको जानकारी पाएपछि गिरोहले ७२४ नं. कायम गरेर वडा कार्यालयबाट घर गोठ प्रमाणित सिफारिस लिएका थिए । मालपोत कार्यालयमा ७२४ नं. कित्ताको जग्गा उल्लेख भएको नदेखेपछि अगाडीको ७ लाई मेटाएर २४ नं. बनाएका थिए । सोही आधारमा मालपोत कार्यालयका कर्मचारीले जग्गा पास गरेर कम्पनीलाई जग्गाधनी पूर्जा दिएको थियो ।

उक्त गिरोहले ०६४ साउन ५ गते २४ नं. कित्ताको श्रेस्ता कायम भएको भनी मालपोत कार्यालयको मोठ ठेलीमा उल्लेख गरेको पाइएको कार्यालय प्रमुख शिवध्वज अधिकारीले बताए । श्रेस्ता फाइलमा राखिएको पूर्जामा २०५५ मंसिर १८ गते राजश्व मूल्य भुक्तान उल्लेख गरिएको छ । उक्त जग्गा खेलमैदान र कबरीस्थान(मुस्लिम समुदायको दाहासंस्कार गर्ने स्थानको रुपमा प्रयोगहुँदै आएको छ । श्रेस्ता कायमदेखि मोठ ठेलीसम्म किर्ते कागज राखेर जग्गा बिक्री गरेको पाइएको अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.