बस्ती नै पहिरोको जोखिममा

बस्ती नै पहिरोको जोखिममा

फिदिम : अविरल वर्षाका कारण धाजा फाटेर जमिन लच्किँदा पाँचथरको याङवरक गाउँपालिकामा १७ घर जोखिममा परेका छन्। याङवरक–३ ओयामको बगुवाका घर जोखिममा परेका हुन्।

पानी पर्न र जमिन बग्ने क्रम पनि नरोकिएकाले जोखिम बढेको स्थानीयको भनाइ छ। जोखिममा रहेका १७ घरका सदस्यलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष मवीन्द्र योङ्याले जानकारी दिए। पीडितहरू आफन्त र छरछिमेकका घरमा शरण लिएका बसेका छन्। करिब एक सातायता अविरल वर्षाका कारण बस्ती पहिरोको उच्च जोखिममा परेको हो।

‘बस्तीबाट माथिको जमिन चिरा–चिरा परेर वारपार लच्किएको छ’, वडाध्यक्ष योङ्याले भने, ‘बस्नै नमिल्ने गरी जमिन लच्किएको छ।’

मध्यपहाडी लोकमार्गबाट शाखा बाटो विस्तार गरिएको ठाउँबाट जमिन लच्किन सुरु भएको जनाइएको छ। करिब ७० मिटर जमिन बग्दा तल्लो भेगका घर जोखिममा परेका हुन्। जोखिममा रहेका १७ घरका ८० जनालाई सुरक्षित स्थानमा सारिएको हो।

‘सडककै कारण जमिन लच्किएजस्तो देखिन्छ’, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने, ‘जुनसुकै बेला खतरा हुन सक्ने भएकाले स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।’

जोखिममा रहेका १७ घरका ८० जनालाई सुरक्षित स्थानमा सारिएको छ।

यो ठाउँमा पहिरोको जोखिम बढ्दै गएकाले स्थानीयहरु सचेत हुनुपर्ने उनको भनाइ छ। ‘स्थानीय सरकारले जोखिममा परेका जनताका विषयमा चासो दिनुपर्छ’, उनले भने, ‘सानो असावधानीले ठूलो क्षति हुन सक्ने भएकाले स्थानीयलाई अन्यत्र सार्न उचित हुन्छ।’

वर्षा नरोकिएकाले जोखिम बढेको स्थानीय बताउँछन्। ‘वर्षा रोकिने संकेत छैन’, स्थानीय मैतराज थोक्लीहाङले भने, ‘पशु–चौपाया सुरक्षित ठाउँमा सार्न पाएका छैनौं।’

यो स्थानमा यसअघि पनि पहिरो गएर धनजनको क्षति गरेको स्थानीय अगुवाको भनाइ छ। ‘८० वर्षअघि पनि यही ठाउँमा ठूलो पहिरो गएको थियो’, स्थनीय अगुवा अमृत सेलिङले भने, ‘त्यस बखत पहिरोमा परी ३० जनाले ज्यान गुमाएका थिए। ’

अलिअलि गर्दै जमिन बगिरहने भएकाले यो ठाउँलाई स्थानीयले बगुवा भनेर नामकरण गरेको जनाइएको छ। यो ठाउँमा सडक विस्तारपछि पहिरोको जोखिम झन् बढेको हो। जमिन वारपार लच्किएकाले ठूलो पहिरो जाने अनुमान गर्दै स्थानीय त्रसित बनेका छन्। ‘अहिले क्षति देखिएको छैन’, स्थानीय हरि सेलिङले भने, ‘बस्तीभन्दा माथिको पूरै जमिन लच्किएकाले ठूलो क्षति हुँदैन भन्न सकिन्न।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.