म्यानमारका राष्ट्रपति लुम्बिनीमा

म्यानमारका राष्ट्रपति लुम्बिनीमा

भैरहवा : बिमस्टेक सम्मेलनका लागि नेपालमा आएका म्यानमारका राष्ट्रपति विन माइन्ट लुम्बिनी भ्रमणमा आएका छन्। सम्मेलन सुरु हुनु अघि उनी लुम्बिनी भ्रमणमा आएका हुन्। उनको लुम्बिनी भ्रमणलाई निजी भ्रमण बताइएको छ।

काठमाडौंबाट चार्टर प्लेनमा ३६ जनाको टोलीसहित भैरहवा विमानस्थलमा आएका राष्ट्रपति विमानस्थलबाट हेलिकप्टरमार्फत लुम्बिनी पुगेका हुन्। हेलिकप्टरमा उनी सहित १६ जना लुम्बिनी आएका हुन्। 

बाँकी म्यानमारका पाहुना र स्वदेशी सहयोगीसहित २० जना भैरहवा विमानस्थलबाट सवारीसाधनमा लुम्बिनीमा आएका हुन्। राष्ट्रपतिको स्वागतका लागि पर्यटन मन्त्री रविन्द्र अधिकारी र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल लुम्बिनी आएका छन्।

अवतरण भएलगत्तै राष्ट्रपति मायादेवी मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि राष्ट्रपतिले त्यहाँ पूजाआजा गर्ने छन्। मन्दिर परिसरमा उनलाई लुम्बिनीबारे बिफ्रङ गर्ने कार्यक्रम समेत रहेको छ। त्यसपछि उनी पण्डिताराम ध्यानकेन्द्रमा गएर पूजआजा गर्ने र केही समय ध्यान गरेर फर्किने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वोज राईले जानकारी दिए।

म्यानमारका राष्ट्रपतिलाई रोहिंग्या समूहबाट सुरक्षा खतरा रहेको सुरक्षा निकायको विश्लेषण छ। सुरक्षा निकायले उनको खतराबारे विश्लेषण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको छ।

तर लुम्बिनीमा त्यस्तो कुनै किसिमको शंकास्पद गतिविधि नभएको सुरक्षा स्रोतले जानकारी गराएको छ। रुपन्देही प्रशासनले उनलाई भीभीआईपी सुरक्षा उपलब्ध गराएको छ। 

लुम्बिनीको सुरक्षा व्यवस्था कडा पारिएको छ। देशको चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कुल एक हजार २ सय सुरक्षाकर्मी खटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताए।

उनी कहाँ कहाँ जान्छन् त्यो सबै स्थानको हामीले म्याप बनाएर सुरक्षा योजना अनुसार सुरक्षा व्यवस्था मिलाएका छौँ, प्रजिअ रानाले अन्नपूर्ण पोस्ट्सँग भने, ' सुरक्षामा कुनै कमी छैन।'



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.