म्यानमारका राष्ट्रपतिको लुम्बिनी भ्रमण : ड्युटीका प्रहरी भोकभोकै

म्यानमारका राष्ट्रपतिको लुम्बिनी भ्रमण : ड्युटीका प्रहरी भोकभोकै

भैरहवा : बिमस्टेक सम्मेलनका लागि नेपाल आएका म्यानमारका राष्ट्रपति विन माइन्टको लुम्बिनी भ्रमणको क्रममा तैनाथ सुरक्षाकर्मीको दिन भोकैभोकैमा बितेको छ। बिहानैदेखि लुम्बिनीमा खटिएका सुरक्षाकर्मी  भोकभोकै  भएका हुन्। चोकमा तैनाथ रहेका र साथमा पैसा भएका केही सुरक्षाकर्मीले चाउचाउ र चाउमिन खाजा खाए पनि मुख्य ठाउँमा खटिएका सुरक्षाकर्मीको अवस्था भने दयनीय बन्यो।

राष्ट्रपतिको सुरक्षाका लागि नेपाल प्रहरी, सस्शत्र प्रहरी, नेपाली र राष्ट्रिय अनुसन्धान विभागका करिब दुई हजार सुरक्षाकर्मी लुम्बिनीमा तैनाथ छन्। चोकदेखि लिएर झाडीसम्म सुरक्षाकर्मी तैनाथ गरिएको छ।

नजिकै रहेको प्रहरी कार्यालयका केही सुरक्षाकर्मीले बिहानको समयमा खाना खाएपनि टाँढादेखि आएर लुम्बिनी विकास कोषको ३ स्क्वायर माइल क्षेत्र वरिपरि खटिएका सुरक्षाकर्मी भोकै सुरक्षामा तैनाथ थिए।

'राति साढे २ बजे नै उठेर ३ बजे हतारहतार ड्युटीका लागि आउनुपर्‍यो। अहिले भोक त लागिसक्यो तर के गर्ने कतै जाने आदेश नै छैन। भोक मारेरै खट्नु पर्‍यो',ड्यटीमा रहेका एक प्रहरीले भने, 'हाम्रो जागिर यस्तै हो, के गर्ने ?'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.