लुम्बिनीमा पूजापाठमा व्यस्त श्रीलंकाका राष्ट्रपति
भैरहवा : बिम्स्टेक शिखर सम्मेलनका लागि नेपाल आएका श्रीलंका राष्ट्रपति मत्रीपाला सिरिसेना लुम्बिनीमा पूजापाठमा व्यस्त रहेका छन् । काठमाडौँबाट प्लेनमा भैरहवा विमानस्थलमा आएका राष्ट्रपति त्यहाँबाट स्थलमार्ग हुदैँ लुम्बिनी पुगेर पुजापाठमा व्यस्त रहेका हुन् । उनले लुम्बिनीमा मायादेवी मन्दिरको अवलोकन गरी विशेष पूजामा सरिक भएका हुन्।
मन्दिर परिसरमा उनलाई लुम्बिनीबारे बिफ्रङ गरिएको थियो। उनले श्रीलंकाद्वारा निर्मित गुम्बाको समेत अवलोकन गर्नेछन् । त्यसपश्चात श्रीलंकाद्धारा निर्मित गेस्ट हाउसको अवलोकनको साथै त्यहाँ वृक्षारोपणको कार्यक्रम रहेको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरीध्वज राईले जानकारी दिए।उनलाई स्वागत गर्नका लागि पर्यटन मन्त्री रविन्द्र अधिकारी, पाँच नम्बर प्रदेशका प्रमुख उमाकान्त झा, पाँच नम्बर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी लुम्बिनी पुगेका थिए।



प्रतिक्रिया दिनुहोस !