लागुऔषधका अम्मली बढे, न्यूनीकरण गर्न प्रहरीद्वारा अभियान

लागुऔषधका अम्मली बढे, न्यूनीकरण गर्न प्रहरीद्वारा अभियान

नेपालगञ्ज : ११ असार २०७४ मा नेपालगन्जमा तीन युवा दुई सय ८५ नाइट्रोजेपामको ट्याब्लेटसहित पक्राउ परे। कैलाली जिल्लाको चुहा नगरपालिका–९ प्रतापपुरका रितिक जोशी, हुम्ला चंखेली गाउँपालिका–२ भट्टबाडाका प्रजापति न्यौपाने र नेपालगन्ज–११ टाँगास्टेसनका कल्लन राईलाई प्रहरीले रंगेहात नियन्त्रणमा लियो।

२०७५ असार २८ मा जिल्ला अदालत बाँकेका न्यायाधीश केशवकुमार पाण्डेले रितिक र कल्लनलाई २ वर्ष कैद र जनही एक लाख जरिवानाका साथै न्यौपानेलाई ६ महिना कैदको फैसला गरे। आफैं सेवन गर्न सीमावर्ती भारतीय बजार रुपैडिहाबाट जनही एक हजारका दरले पैसा उठाएर नाइट्रोजेपामको ट्याब्लेट खरिद गरेको प्रहरी र अदालतमा उनीहरूले बयान दिएका थिए।

२३ फागुन २०७४ मा सुर्खेतको वीरेन्द्रनगर–३ तातापानीका मीनबहादुर रसाइली १५ पुरिया ब्राउन सुगरसहित पक्राउ परे। रुपैडिहाबाट उनले जिन्स पाइन्टको खल्तीमा राखेर ल्याउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो। रसाइलीले चार/पाँच महिनादेखि आफू अम्मली रहेकाले सेवन गर्ने उद्देश्यले खरिद गरेको बयान दिएका थिए। जिल्ला अदालतका न्यायाधीश पाण्डेले नै उनलाई तीन महिना कैदको फैसला गरे।

यी दुई घटनामा संलग्न चारै जना व्यक्ति ३० वर्षमुनिका थिए। सबैले सेवन गर्ने उद्देश्यले लागुऔषध ल्याएको बयान दिएका थिए। यी दुई प्रतिनिधिमूलक घटनाले पनि लागुऔषधको दुर्व्यसनमा युवापुस्ता रहेको देखिन्छ।

‘लागुऔषध ओसारपसार, बेचबिखन र सेवन गरेका मुद्दा छन्। जसमा अधिकांश युवाविरुद्धका मुद्दा रहेका छन्’, जिल्ला अदालत बाँकेका सूचना अधिकारी धनसिंह गिरी भन्छन्, ‘ब्राउन सुगर, अफिम, गाँजा, चरेसलगायत लागुऔषधसम्बन्धी मुद्दामा कसुरअनुसार दण्ड र सजायको फैसला भएको छ।’

यी दुईसँगै जिल्ला अदालतमा ०७४/७५ मा लागुऔषध दुर्व्यसनीका एक सय ९० मुद्दा दायर भए। एक सय २८ मुद्दा फैसला भए भने ७२ मुद्दा यो आर्थिक वर्षका लागि बाँकी नै छन्। गत साउन महिनामा १५ र भदौको दोस्रो सातासम्म ६ वटा लागुऔषध दुर्व्यसनसम्बन्धी मुद्दा दायर भएका छन्।

हरेक वर्ष दुर्व्यसनीको संख्या बढ्दै गएको अदालतको तथ्यांकले पनि देखाउँछ। आर्थिक वर्ष ०७२/०७३ मा एक सय चार वटा मुद्दा परेका थिए। जबकि ०७३/७४ मा संख्या बढेर एक सय ५५ पुग्यो।

लागुऔषध दुर्व्यसनविरुद्ध प्रहरीले अभियान नै सञ्चालन गरिरहेको छ। लागुऔषध दुर्व्यसनमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गरी मुद्दा दायर गरिरहेको छ। ०७४ चैत्र १२ मा नेपालगन्जको राँझामा ६० ग्राम पाँच सय मिलिग्राम ब्राउन सुगरसहित स्थानीय हरि थापालगायत पक्राउ परे।

५ भदौ २०७४ मा प्रहरीले हेमराज पुनलगायत ६ जनालाई ७ किलो अफिमसहित पक्राउ ग¥यो। त्यसअघि ३२ किलो चरेस प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले ७ किलो अफिमसहित पनि केही जनालाई रंगेहात नियन्त्रणमा लिएको थियो। गत ९ असारमा प्रहरीले नेपाली सेनाका मेजर रेमबहादुर पौडेलको टोलीलाई प्रहरीले ५४ ग्राम पाँच सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षमा प्रहरीले लागुऔषधसहित दुई सय ४३ जनालाई पक्राउ ग¥यो। त्यसअघि ०७३/७४ मा भने पक्राउ पर्ने दुर्व्यसनीको संख्या एक सय ८९ जना र ०७२/७३ मा एक सय जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

लागुऔषध दुर्व्यसनी बढ्न थालेपछि प्रहरीले न्यूनीकरणका लागि अभियान सञ्चालन गरिरहेको छ। वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षण नारायण डाँगीका अनुसार नगरका जमुनाहा, जैसपुर, गणेशपुर, बसपार्क र राँझा विमानस्थलमा होडिङ बोर्ड राखिएका छन्। उनी भन्छन्, ‘लागुऔषध नियन्त्रण तथा ओसार पसारविरुद्ध टोलटोलमा प्रहरी खटेका छन्।’

‘बाँके लागुऔषध कारोबारका दृष्टिले जोखिमपूर्ण जिल्ला हो। लागुऔषधको ओसारपसार, बेचबिखन र जोखिम घटाउन रोकथाम, न्यूनीकरण र अनुसन्धान गर्न हामीले जिल्ला स्तरीय लागुऔषध नियन्त्रण समिति बनाएर काम गरिरहेका छौं’, बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले भने।

लागुऔषध नियन्त्रण ऐन २०३३ मा लागुऔषध ओसारपसार, सेवन र कारोबारमा कसुरको प्रकृति हेरी घटीमा एक महिना कैद र दुई हजार रुपैयाँ जरिवाना र बढीमा १५ वर्षदेखि जन्मकैद र २५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.