सन्धिखर्कमा घन्किए वालीका भाका

सन्धिखर्कमा घन्किए वालीका भाका

सन्धिखर्क : असारे महिनामा खेत रोपाईँ गर्दा मात्र घन्कने असारे वाली भाकाका गीत मंगलबार पञ्चेबाजासँगै सन्धिखर्कमा घन्किए। रोपाइँ गरेको अभिनय गर्दै सजिएर आएका रोपारा पञ्चेबाजाको तालमा वाली गाउँदै नाच्दै सन्धिखर्क र चुत्राबेसीका गल्लीमा हिँडेको दृश्य मनमोहक देखिन्थे। 

   
नक्‍कली गोरु बनाएर खोक लगाएको तथा पुरुषले महिलाको पोशाकमा गुन्यु चोलो लगाएर रोपाराको अभिनय गरेको साच्चिकै हेर्न लायक थियो। कृष्ण जन्माष्टमीको दोस्रो दिन श्रीकृष्णको रथ यात्रासँगै, रोपाइँजात्रा निकाल्दा भगवान कृष्ण प्रशन्न भइ सुख शान्ती तथा ऐश्वर्य प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ। 

रथयात्रामा रहेका राधाकृष्णको पूजा गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने  विश्वास छ। सन्धिखर्कको १०८ गणेश पञ्चायन मन्दिर र चुत्राबेसीको अर्घाखाँचीको युवा परिषदले छुट्टाछुटै रोपाइँ जात्रा निकालेका हुन्। 

रोपाइँजात्रा तथा रथयात्रा चुत्राबेसीमा रहेको सिद्धेश्वर शिवालय मन्दिरबाट सुरु भइ चुत्राबेसीका विभिन्न गल्ली परिक्रमा गरी पुरानो बस्पार्क, मिडियाचोक, मेनरोड, शान्तीबगैचा , बैंक रोडहुँदै त्रिवेणीपुर पुगेर फेरि सिद्धेश्वर शिवालय मन्दिरमा पुगेको थियो। 

लोप हुन लागेको संस्कृति परम्परालाई बचाउन र धार्मिक पर्यटक बढाउनका लागि सदाका वर्षमा झैं यस वर्ष पनि रोपाइँजात्राको आयोजना गरिएको अर्घाखाँची युवा परिसद्का सदस्य प्रकाश भुसालले बताए। 

पञ्चेबाजा र झाकीका साथ निकालिएको रोपाइँ जात्रामा भगवान श्रीकृष्ण र राधासँग सम्बन्धित भजन गाइएको थियो। रोपाइजात्रा र रथयात्रा हेर्न सन्धिखर्क आसपासका क्षेत्रबाट सयौं मानिसको उपस्थित थियो। यस्ता पर्वले संस्कृति र परम्पराको जगेर्ना हुने रोपाइँ जात्रा हेर्नका लागि मालारानी गाउँपलिका-४ खनबाट आएका गणेश खनालले  बताए।

लोप हुन लागेको संस्कृति र परम्परालाई बचाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। वर्षौंदेखि चलि आएको रितिरिवाज र संस्कृति जोगाउन सबै लाग्न जरुरी छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.