महानगरको नाम हेरफेर

महानगरको नाम हेरफेर

पोखरा :  पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ शब्द हटेको छ। सोमबार प्रकाशित नेपाल राजपत्रको भाग ५ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनामा महानगरपालिकाको नाम हेरफेर भएको उल्लेख छ। 

असार १२ गतेको महानगरपालिकाको तेस्रो नगरसभाले नाम हेरफेरको निर्णय सर्वसम्मत गरेको थियो। प्रदेश सरकार हुँदै नेपाल सरकारमा पुगेको उक्त प्रस्ताव संघीय मन्त्रिपरिषदले समेत पारित गरी राजपत्रमा प्रकाशित भएको हो। संघ मन्त्रिपरिषदको साउन २३ को बैठकले पोखरा महानगपालिका नामकरणको प्रस्ताव पारित भएको थियो। 

गाउँपालिका वा नगरपालिकाको नाम हेरफेर गर्न सकिने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ३ मा छ। सोही व्यवस्था अनुसार पोखरा लेखनाथ महानगरपालिकाको नाफ हेरफेर गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले जनाएका छन्।

 नगरसभाबाट पारित प्रस्ताव साउनको पहिलो शुक्रबार बसेको पोखरा लेखनाथ महानगरपालिकाको कार्यपालिकाको बैठकले प्रदेश सरकारमा सिफारिस गरेको थियो। फेरि प्रदेश सरकारले संघ सरकारलाई सिफारिस गरेको थियो। 

२०१६ सालमा नगरपालिका घोषित पोखरा २०५३ मा उपमहागर भएको थियो। २०७१ मा उपमहानगरमा वरपरका गाविस गाभी क्षेत्र विस्तार गरिएको थियो। त्यसपछि १८ बाट वडाहरु २९ पुगेका थिए। राज्य पुनःसंरचना आयोगले २०७३ फागुन २३ गते पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका तथा केही साविक गाविस गाभेर मिसाएर पोखरा महानगरपालिका घोषणा गरेको हो। कविशिरोमणि लेखनाथ पौड्यालको नाममा रहेको लेखनाथ नगरपालिका अब इतिहास भएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.