हुनेखानेलाई राहत, बाढीपीडित हेरेको हेर्‍यै

हुनेखानेलाई राहत, बाढीपीडित हेरेको हेर्‍यै

राजविराज : बाढी पीडितमध्ये केहीलाई राहत वितरण गरेको र केहीलाई नगरेको भन्दै स्थानीयवासीले राजविराज नगरपालिका ५ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका छन्। फर्जी नाम हटाई वास्तविक बाढी पीडितको नाम समावेश गरेर मात्र राहत वितरण गर्ने सहमतिविपरीत केहीलाई राहत रकम वितरण गरेको र केहीलाई छुटाएको भन्दै वडावासीले ताला लगाएका हुन्।

वडा कार्यालयमा पुगेका बाढी पीडितले वडाध्यक्ष समिर झालाई घेराउ गर्दै विगतमा भएको सहमति कार्यान्वयन नगरेकोमा चर्को विरोध गरे। झाले चित्तबुझ्दो जवाफ नदिएपछि स्थानीयवासीले नाराबाजी गर्दै कर्मचारीलाई कार्यकक्षबाट बाहिर निकालेर तालाबन्दी गरेका हुन्। सरकारी राहत समायोजन गरी वितरण गर्ने सहमतिविपरीत वडा कार्यालयले काखापाखा गर्दै केहीलाई वितरण गरी केही राहत रकम फिर्ता गरेकाले विरोधस्वरूप तालाबन्दी गरेको स्थानीय संजय दासले बताए।

वास्तविक बाढी पीडितलाई राहतबाट वञ्चित गराई हुनेखानेले लिएको भन्दै बाढी पीडितले गत चैत १५ गते पनि वडा कार्यालयमा तालाबन्दी गरेका थिए। बाढीबाट डुबान नभए पनि तत्कालीन वडा सचिव दिपेन्द्र रोशन, वडाध्यक्षहरू पार्थो सरकार र संगीता कर्णले आफ्नो र आफन्त सबैका घर पूर्ण क्षति भएको सूचीमा पारेको आरोप बाढी पीडितको आरोप छ। एउटै व्यक्तिको नाम दुईपटक, एउटै परिवारका चारजनाको नाम छुट्टाछुट्टै र क्षति नभएका पक्की घरहरू पूर्ण क्षतिमा र भत्किएर ढलेका घरहरू सामान्य क्षतिमा पारेको स्थानीय अभिमन्यु दासले बताए।

नामावलीमा गम्भीर त्रुटी भएको वडा कार्यालयले स्वीकार गर्दै बाढी पीडितको स्थलगत अनुगमन गरेर मात्र नाम संशोधन गर्ने र सोहीअनुरूप राहत रकम वितरण गर्ने निर्णय गरेपछि गत चैत १८ गते ताला खुलेको थियो। गत साउनको अन्तिम साता आएको बाढीले राजविराज ५ को दक्षिण–पश्चिम भाग पूर्ण प्रभावित बनेको थियो। बाढीले वास्तविक पीडितभन्दा पनि आफ्नो नातेदार, आसेपासे र स्वयंलाई राहत बाँडेको र वास्तविक पीडितले राहत नपाएको देवकुमारी शर्माले गुनासो गरिन्।

पछिल्लोपटक बाढीबाट पूर्ण रूपमा घर क्षति भएका परिवारहरूलाई नेपाल सरकारले २५ हजारका दरले राहत उपलब्ध गराउन रकम पठाए पनि राजविराज नगरपालिकाले विवादका कारण एक करोड ३० लाख २५ हजार रकम वितरण गर्न नसकी फिर्ता पठाएको छ। राजविराज नगरपालिकाले एक हजार ६ सय ३७ बाढी पीडित परिवारका लागि राहत वितरण गर्न कूल चार करोड नौ लाख २५ हजार रुपैयाँ बुझेकोमा विवादका कारण दुई करोड ७९ लाख राहत रकम मात्र वितरण गरेको मेयर शम्भु यादवले बताए।

वडाध्यक्ष झाले वडा नम्बर ५ का ८६ जनामध्ये वास्तविक पीडित ५५ जनालाई राहत वितरण गरी अन्यको फिर्ता गरिएको जानकारी दिए। पीडित नभएकाहरूको नाममा रकम आएको तर केही पीडितले राहत नपाएको स्वीकार गर्दै उनले मेयर र जिल्ला प्रशासन कार्यालयले यसबारे पहल गर्नुपर्ने बताए। वडा सदस्य गंगासागर गुप्ताले पीडित नभए पनि दुई वडा सदस्य र तत्कालीन वडा सचिवका नाममा समेत राहत रकम आएकोमा वडावासीले आन्दोलन गरेपछि सबैलाई राहत वितरण गर्न नसकिएको बताए।

निर्वाचनअघि नै तत्कालीन नगरपालिका कार्यालय, प्रहरी, वडा सचिवको टोलीले संकलन गरेको नाम त्रुटिपूर्ण रहेकाले अहिले समस्या परेको गुप्ताले बताए। स्थानीय चन्द्रकला यादव र सावित्रीदेवी मण्डलले घर क्षति हुनेहरूले नपाएको र पानी नै नपसेको घरले राहत पाएकाले विरोध भएको बताइन्। उनीहरूले बाढीपीडितको नामावलीमाथि आवश्यक छानबिन हुनुपर्ने र अनियमितता गर्ने दोषीमाथि कारबाही गरिनुपर्ने माग राखेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.