तीब्र गतिले निम्त्यायो दुर्घटना : दुई महिलाको मृत्यु

तीब्र गतिले निम्त्यायो दुर्घटना : दुई महिलाको मृत्यु

विराटनगर  : मोरङको विराटनगर महानगरपालिका र कानेपोखरी गाउँपालिकामा मंगलबार भएको सवारी दुर्घटनामा परी दुई महिलाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुवै दुर्घटना तीव्र गतिका कारण भएको हो । कोसी राजमार्ग अन्तरगत विराटनगर महानगरपालिका–९ मा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार रंगेली नगरपालिका–७ की ३० वर्षीया आँसु अग्रवालको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए । 

उनका अनुसार एच आर ५५ एल १४१९ नम्बरको भारतीय ट्रकले बिहान ११ बजे को ५ प ३२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा परी अग्रवालको घटनास्थलमै मृत्यु भएको हो । 

शव क्षतविक्षत अवस्थामा घटनास्थलमा थियो । विराटनगरको बरगाछीतिरबाट तीव्र गतिमा जोगवनीतर्फ जाँदै गरेको ट्रकले कलेजरोडतिरबाट राजमार्गमा निस्कँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जानकारी पोखरेलले दिए ।

 ठक्करका कारण अनियन्त्रित भएको मोटरसाइकलबाट अग्रवाल सडकमा खसेपछि ट्रकको चक्काले किचेको ट्राफिक प्रहरीले जनाएको छ। ‘ट्रक चालकको गम्भीर लापरवाहीका कारण दुर्घटना भएको देखिन्छ,’ प्रनि पोखरेलले भने, ‘दायाँ बायाँ नहेरिकन तीब्र गतिमा ट्रक चलाउनु नै ठूलो गल्ती हो।’

दुर्घटनामा परेर मोटरसाइकल चालक आँसुका पति ३८ वर्षीय मनोज अग्रवाल र छोरी ७ वर्षीय अनिषा अग्रवाल गम्भीर घाइते भएका छन् । दुवै जनाको सप्तकोसी नर्सिङ होममा उपचार भइरहेको छ । ट्रक र चालक भारत अलिगढका ३० वर्षीय कमल सिंहलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको कानेपोखरी गाउँपालिका–७ मा भएको दुर्घटनामा सुनसरी धरान उपमहानगरपालिका–१ की ५५ वर्षीय ललिता अग्रवालको मृत्यु भएको छ। दुर्घटनामा परी गम्भीर घाइते उनको उपचारका क्रममा पथरी हस्पिटलमा मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंका अनुसार दुर्घटनामा परी धरान–१ का ८१ वर्षीय विश्वनाथ अग्रवाल, चितवन भरतपुर महानगरपालिका–१ का ३२ वर्षीय अनिल अग्रवाल, उनकी पत्नी ३० वर्षीया गीता अग्रवाल र छोरा ९ वर्षीय बरुण अग्रवाल घाइते भएका छन् । घाइते मध्ये विश्वनाथ र अनिलको अवस्था गम्भीर छ । 

घाइते मध्येका विश्वनाथलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अन्यलाई विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि पठाइएको बजगाईले जानकार दिए । घाइते मध्ये अनिल, गीता र बरुण विश्वनाथका ज्वाई, छोरी र नाती हुन् । 

प्रहरीका अनुसार अग्रवाल परिवार बा १९ च ६१२२ नम्बरको कारमा पारिवारिक कामका लागि  भारतको सिलिगुडी ंिडेको थियो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६४३५ नम्बरको न्यू साकुरा यातायातको यात्रुबहाक बसलाई ‘ओभरटेक’ गरेर उछिन्ने क्रममा कार दुर्घटनामा परेको प्रनि बजगार्इंले बताए ।
। बसमा ठोक्किएर अनिल अग्रवालले चलाएको कार सडकबाट तल खसेको थियो । 

बसका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–२ का ३५ वर्षीय राजेन्द्र फूयाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.