बसपार्कमा यात्रु तानातान गर्ने सात पक्राउ

बसपार्कमा यात्रु तानातान गर्ने सात पक्राउ

सुर्खेत : बस व्यवसायीहरुको दादागिरीका कारण दैनिक यात्रुले सास्ती भोग्नुपरेको छ । यात्रा गर्नका लागि बसपार्क पुग्ने प्रत्येक यात्रुले व्यवसायीको तानातान भोग्नु पर्छ । 

बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले यात्रुलाई बसपार्कमा यात्राका लागि असहज वातावरण सिर्जना गर्ने सातजनालाई पक्राउ गरेको छ । सर्वसाधारणलाई तानातान गर्ने र आफूसँग नआउने यात्रुलाई अभद्र व्यवहार गर्ने कर्मचारीलाई नियन्त्रणमा लिइएको हो ।

मंगलबार बिहान र बुधबार बिहान लगातार दुईदिन प्रहरीले सवारीका कर्मचारीलाई यात्रुसँग अमानविय व्यवहार गरिरहेकै अवस्थामा नियन्त्रणमा लिएको हो । 

मंगलबार साँझ वीरेन्द्रनगर–९ का २५ वर्षीय चक्रबहादुर शाही, कालिकोट खाँडाचक्र नगरपालिका–१ का २३ वर्षीय अर्जुन मल्ल, सुर्खेतको गुर्भाकोट नगरपालिका–६ का १८ वर्षीय महेश सोमैमगर, जुम्ला डुम्रीका १९ वर्षीय रमेश शाही र अछामको तुर्मखाँद गाउँपालिका–७ का १८ वर्षीय नमराज न्यौपानेलाई यात्रुलाई जबरजस्ती गाडीमा चढाउन लाग्दा नियन्त्रणमा लिइएको हो । 

बुधबार बिहान पुनः प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । लामो समयदेखि यात्रुले बस व्यवसायी र कर्मचारीले अभद्र व्यवहार गर्ने गरेको गुनासो गरेपछि बसपार्कमा निरन्तर निगरानी गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामसिंह चौधरीले बताए । 

बुधबार बिहान वीरेन्द्रनगर–९ का २८ वर्षीयनकेन्द्र खत्री र ३८ वर्षीय सन्दीप परियारलाई यात्रुसँग विवाद गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका बसका कर्मचारीलाई कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको चौधरीको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.