सप्तरीमा स्वाइन फ्लू र हङकङ फ्लूको भाइरस भेटियो

सप्तरीमा स्वाइन फ्लू र हङकङ फ्लूको भाइरस भेटियो

राजविराज : सप्तरीमा स्वाइन फ्लू र हङकङ फ्लूको भाईरस फेला परेको छ। कञ्चनरुप र हनुमाननगर नगरपालिकामा देखिएको रुघाखोकी र ज्वरोका बिरामीमा ‘एचवानएनवान’ (स्वाइन फ्लू) र ‘एचथ्रिएनटु’ (हङकङ फ्लू) को भाइरस भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

कञ्चनरुपका १८ र हनुमाननगरका ६ जनामा गरिएको परीक्षणका क्रममा कञ्चनरुप ७ बलुवाका ६० वर्षीय हरिलाल साहमा ‘स्वाइन फ्लू’को संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरन्जनप्रसाद यादवले जानकारी दिए।

यादवका अनुसार कञ्चनरुपका अन्य चार तथा हनुमाननगरका ६ जनामा हङकङ फ्लू फेला परेको हो। स्वाइन फ्लू र हङकङ फ्लूको भाइरस फेला परेपछि बिहीबार आपतकालिन बैठक बसेको छ। जिल्ला दैवी प्रकोप उद्दार समितिको बैठकले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाउने र उपचारको व्यवस्था मिलाउने तथा भारतीय नाकामा हेल्प डेस्क राख्ने निर्णय गरेको छ।

समिति संयोजक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हरिलाल साहमा ‘स्वाइन फ्लू’को संक्रमण देखिएकाले उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जानकारी दिए। उनका अनुसार अन्य नौजनामा सामान्य भाइरस भेला परेको छ। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइराखेको छ। 

भदौ २४ गतेदेखि तीन दिनसम्म सञ्चालित स्वास्थ्य शिविरमा एक हजार एक सय २२ जनाले स्वास्थ्य परिक्षण गराएकामा २४ जनाको रगत र र्यालको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको छ। आठजनाको रिपोर्ट आउन बाँकी छ।

कञ्चनरूपका ७ का १४ वर्षीय दिवश बस्नेत, वडा नम्बर ३ का १४ वर्षीय किशोर राम र  वडा नम्बर ९ का १४ वर्षीय आमोदकुमार रामको अकस्मात मृत्यु भएपछि अस्पतालमा स्वास्थय परीक्षण गर्नेको भिड बढेको छ। 

ज्वरो र रुघाखोकीका बिरामी बढ्दै गएपछि कञ्चनरुप र हनुमाननगरमा स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीको रगत र र्याल परीक्षण सुरु भएको छ।

ज्वरो तथा रुघाखोकीकै कारण कञ्चनरुप नगरपालिका ४ कविलासाकी ६० वर्षीया बलसाल सरदारको विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको छ। 

रुघा र ज्वरोकै कारण बिरामीको मृत्यु हुन थालेपछि स्थानीयमा त्रास फैलिएको हो। उनीहरुकोे मृत्युको कारण स्वाइन फ्लू नै भएको यकिन गर्न बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। 

भारतको झारखण्डस्थित बाबाधामबाट फर्किएका कञ्चनरुप नगरपालिका ४ कविलाशाकी बलसाल सरदारको मृत्यु भएको र वडा नम्बर ७ का हरिलाल साहमा स्वाइन फ्लूको संक्रमण देखिएपछि बाबाधामबाट स्वाइन फ्लूको संक्रमण आएको आशंका गरिएको छ।

जिल्ला दैवी प्रकोप उद्दार समितिले प्रभावित क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.