दुई महिनामै भत्कियो नारायणी तटबन्ध

दुई महिनामै भत्कियो नारायणी तटबन्ध

चितवन : नारायणी नदी किनारमा तटबन्ध गर्दा मेघौलीका बासिन्दा खुसि थिए । बाढी नियन्त्रणका लागि निर्माण गरिएको तटबन्धका कारण बस्ती जोगिएको महसुस गरेका थिए । तर दुई महिनामै तटबन्ध भत्किएपछि उनीहरूको खुसी लुटिएको छ ।

खुसीमात्र लुटिएको छैन, त्रसित भएका कारण नदी सुस्ताउँदा उनीहरू सुत्न समेत सकेका छैनन् । बस्ती संरक्षणका लागि नारायणी नदी व्यवस्थापन आयोजना अन्तर्गत असारमा मेघौलीको न्यूरे चोकमा तटबन्ध गरिएको थियो । तटबन्ध निर्माण हुँदा स्थानीयवासी ढुक्क भएका उनीहरू नदीको बहाव बढेर बाढी पस्ने खतराले अहिले नदी हेर्दै बसेका छन् । ‘बाढीको खतरा भएको स्थानमा तटबन्ध गर्दा हामी ढुक्क थियौं’, जीतपुरकी यशोधा अधिकारीले भनिन्, ‘भत्किएपछि नदी बढेर बाढी पस्ने हो कि भन्ने डरमा बस्नु परेको छ ।’

भरतपुर महानगरपालिका २७ मा निर्माण गरिएको उक्त संरचना भत्किएपछि वडा नम्बर २८ को पूरै बस्ती खतरामा छ । असारमा निर्माण सम्पन्न भएको तटबन्ध भदौ १४ गते एक्कासि नदीको बहाव बढेपछि डेढ सय मिटर भत्काएको छ । तटबन्ध गरिएको स्थानमा स्पर निर्माण नगरिँदा बाँध भत्किएको स्थानीयले बताए । नदीको बहाव बढेसँगै बस्ती असुरक्षित भएको केदारनाथ गौतमले बताए । ‘काम सकिएपछि हामी जति खुसी थियौं, भत्काएपछि सुत्न नसक्ने स्थितिमा छौं’, उनले भने । पानीको वेगलाई विपरित दिशामा धकेल्न बनाइने स्पर नहुँदा बाँध भत्किएको हो । निर्माणको ठेक्का पाए पनि कम्पनीले स्पर निर्माण गरेको छैन ।

नदीले तटबन्ध भत्काएपछि अस्थाई रुपमा बाँध हाल्न श्रमदान गर्दै स्थानीइ । तस्विर : अनिल ढकाल

तटबन्ध र स्पर निर्माणको छुट्टाछुट्टै कामका लागि दुईवटा कम्पनीले ठेक्का लिएका हुन् । तटबन्धको काम सम्पन्न भएपछि स्पर निर्माणको जिम्मेवार पाएका ठेकेदार देखा परेनन् । उपभोक्ता समितिलाई वैशाखमा भेटेर ढुंगा नभएकाले काम गर्न नपाएको बताएका थिए । त्यसपछि सम्पर्कमा नआएको उपभोक्ता समितिका अध्यक्ष चुडामणि ढकालले बताए । पशुपति निर्माण सेवा प्रालिले तटबन्ध गरेको हो । चारवटा स्पर निर्माणको ठेक्का पाएको काठमाडौंको हिरा एण्ड नमिता कन्सट्रक्सन प्रालिले भने काम गरेकै छैन । पानीको वेगको चाप रोक्न उक्त स्थानमा चारवटा स्पर निर्माण गर्नुपर्ने थियो ।

चैत्रबाट काम गर्ने भनिए पनि वैशाखपछि मात्रै कम्पनीका ठेकेदार दिलनारायण श्रेष्ठलाई एकपटक भेटेको स्थानीयवासीले बताए । भदौ १२ गतेसम्म म्याद पाए पनि कम्पनीले काम गरेन । सामाग्रीको अभावमा काम गर्न नसकेको भन्दै कम्पनीले जोगिने प्रयास गरेको थियो । पाँच करोड ८० लाख ८८ हजार नौ सय आठ रुपैयाँमा ठेक्का सम्झौता भएको हो । राष्ट्रिय निकुञ्जबाट ढुंगा निकासा नभएको उक्त कमपनीले जनाएको छ । पुस र माघ महिनामा मात्रै घडियाल गोहीले अण्डा पार्ने समय भएकाले निकुञ्जले त्यस समयमा रोक लगाउँछ । यही कारण देखाएर चैतमा ठेक्का लिएको कम्पनी जोगिन खोजेको छ ।

गत वर्ष बनाउने स्पर निर्माण गर्ने भने पनि नभ्याएर नबनाएको कम्पनीका सञ्चालक श्रेष्ठले बताए । ‘ढुंगा निकासाको लागि राष्ट्रिय निकुञ्जबाट ढिलो स्विकृत भएकले काम नगरेका हौं’, उनले सहज रूपमा भने, ‘पानी पर्न थाल्यो अनि अर्को वर्ष गर्ने भनेर छोडेका हौं ।’ काम नै नगरेको कम्पनीलाई पनि फेरि म्याद थपको सिफारिस गरिएको छ । म्याद थपका लागि जावलाखेलमा रहेको सिंचाई विभागमा फाइल पुगेकोे छ । बाँध भत्किए करिब एक हजार पाँच सय घरधुरी असुरिक्षत हुन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.