मिलमा बेरिएर १३ वर्षीय बालक गम्भीर घाइते
दार्चुला : मिलनमा काम गर्दैगर्दा एक बालक गम्भीर घाइते भएका छन्। महाकाली नगरपालिका–९ दत्तुका ईश्वर नगारीका छोरा वर्ष १३ वर्षीय नवीन गम्भीर घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आफ्नै मिल (चक्कीं)मा काम गरिरहेका बालकको सर्ट मिलको सापटमा बेरिदा बायाँ हातमा गहिरो चोट लागेको हो।
सर्टको बाहुला सापटमा बेरिदाँ बायाँ हातको कुहिनादेखि काँखीमुनिसम्म गहिरो चोट लागेको छ।
घाइते नगारीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि कोहलपुर रिफर गरिएको छ।
प्रतिक्रिया दिनुहोस !