नापी कार्यालयमा चार भाषामा बडापत्र

नापी कार्यालयमा चार भाषामा बडापत्र

सिन्धुली : जिल्ला नापी कार्यालय सिन्धुलीले चार भाषामा नागरिक बडापत्र जारी गरेको छ। कार्यालयले प्रदान गर्ने सेवाका बारेमा डिजिटल प्रविधि अपनाई चार भाषामा अडियोबाट नागरिकलाई जानकारी दिन थालेको हो। कार्यालयले नेपाली, तामाङ, मगर र दनुवार भाषामा सेवा दिन थालेको हो।

कार्यालयले जिल्लामै पहिलोपटक नेपाली, तामाङ, मगर र दनुवार भाषामा अडियो सहितको डिजिटल नागरिक बडापत्र जारी गरेको कार्यालयका प्रमुख छत्रबहादुर लुङ्गेली मगरले बताए। ‘कार्यालयमा नापी तथा नक्साका लागि आउने सेवाग्राहीलाई सेवा प्रदान गर्ने व्यक्ति, कोठा, लाग्ने समय, लाग्ने शुल्क तथा हेल्प डेक्सका बारेमा समेत जानकारी दिने गरी चारवटा भाषामा नागरिक बडापत्र जारी गरिएको छ’, उनले भने। कार्यालयमा आउने कतिपय सेवाग्राही पढ्न नजान्ने, नेपाली भाषा नै बुझ्न नसक्नेलाई लक्षित गरी चार भाषामा अडियोसहित नागरिक बडापत्र जारी गरिएको हो।

अडियो विधिबाट कार्यालयले दिने सेवाबारे जानकारी दिँदा सेवाग्राहीलाई सहज हुने कार्यालयको विश्वास छ। नेपाली भाषासँगै जिल्लामा बढी बाहुल्यता रहेको तामाङ, मगर र दनुवार भाषामा अडियो रेकर्ड गरिएको हो। अन्य जातिलाई पनि सुविधा पुग्ने गरी कार्यालयले बिस्तारै अडियो सहितको नागरिक बडापत्र जारी गर्ने योजना बनाएको उनको भनाइ छ।

आफ्नै नयाँ भवनमा कार्यालय सञ्चालनमा आएसँगै कार्यालयले काउन्टर, हेल्प डेक्सलाई प्रभावकारी बनाएको छ। प्रत्येक सेवाग्राहीको काम हुुने कक्षमा सीसी क्यामेरा जडान गरेर कार्यालयमा भ्रष्ट्राचारलाई शून्यमा झार्ने काम गरिएको पनि लुंगेलीले दाबी गरे। नापी, मालपोतजस्ता कार्यालयमा भ्रष्ट्राचार, ढिलासुस्ती, अनियमितता हुने गरेको गुनासो आइरहेका बेला त्यस्ता कार्यलाई निरुत्साहित गर्न यस्तो प्रविधिको प्रयोग गरिएको उनको भनाइ छ।

कार्यालयबाट प्रदान गरिने सेवामा कर्मचारीबाट कमीकमजोरी भए क्षतिपूर्ति सहितको नागरिक बडापत्र समेत कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ। ‘यसका लागि क्यामेरा जडान गर्ने र विश्वका जुनकुनै स्थानमा बसे पनि कार्यालयको कामकाज हेर्ने र कर्मचारीको कमजोरी भए सेवाग्राहीलाई क्षतिपूर्ति भराउने गरी यस्तो बडापत्र ल्याउँदैछौं’, उनले भने। कार्यालयले सेवाग्राहीलाई दिँदै आएको टे«स नक्सालाई विस्थापित गर्दै डिजिटल नक्सामात्र कार्यान्वयनमा ल्याएको पनि जनाएको छ। कार्यालयले सेवाग्राहीकै सहजताका लागि टोकन प्रणालीको समेत सुरुवात गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.