निर्मला हत्या प्रकरण : बलात्कारीलाई फाँसी माग्दै जाजरकोटमा विद्यार्थीकाे प्रर्दशन

निर्मला हत्या प्रकरण : बलात्कारीलाई फाँसी माग्दै जाजरकोटमा विद्यार्थीकाे प्रर्दशन

जाजरकोट : बलात्कारीलाई फाँसी दे। अपराधीलाई सार्वजनिक गर। हामी शान्ति चाहन्छौ। प्रहरी अंकल के हामी सुरक्षित छौ ?लगायतका नारा लगाउँदै जाजरकोटका विद्यार्थीले सोमबार सडक प्रर्दशन गरेका छन्।

कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गदै जाजरकोटका विद्यार्थीले नारा जुलुससहित बजार परिक्रमा गरी विरोध जनाएका हुन्। बलात्कार पछि हत्या भएको ५३ दिन बितिसक्दा पनि पीडितलाई न्याय दिन प्रहरी, स्थानीय प्रशासन र सरकार चुकेको भन्दै  विद्यार्थीले कडा विरोधमा उत्रिएका हुन्।

प्ले कार्डसहित सयौंको संख्यामा सहभागी विद्यार्थीले सरकारले दोषीलाई कारबाही नगरेर बचाउन खोजेको भन्दै न्यायका लागि पढाइ समेत त्यागेर सडकमा आउनु परेको प्रतिक्रिया दिएका छन्। त्रिभुवन मावि कक्षा १० का छात्रा हिमांशु कार्कीले घटना भएको दुई महिना वितिसक्दा पनि अपराधी पत्ता लगाउन नसक्नु सरकारको लाचारीपन भएको बताएका छन्।

उनले पहुँचमा भएका नै घटनामा संलग्न रहेकोले उनीहरुलाई जोगाउन सरकार नै लागिपरेको आरोप लगाए। निजी बोडिङ्गका ६ वर्ष देखिका विद्यार्थीका साथै शिक्षक महिला, व्यापारी, बुद्धिजीवी लगायत विभिन्न नागरिक संगठनका प्रतिनिधी विरोध जुलुसमा सहभागी भएका छन्।

जाजरकोट क्रिकेट क्लबको संयोजनमा भएको सडक प्रर्दशन सदरमुकाम खलंगाको थाप्लेचौर, गैरीखालीहुँदै ठाँटीमा आएर कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्ने वक्ताले सरकारले न्याय दिन नसकेको भन्दै चर्को आलोचना गरेका छन्।

'एउटा बलात्कारी र हत्यारालाई पत्ता लगाउन नसक्ने सरकार हामीलाई चाहिँदैन, जाजरकोट क्रिकेट क्लबका अध्यक्ष अनिश कार्कीले भने, 'घटनाको दुई महिना बित्‍न लाग्दा पनि हत्यारा पत्ता लगाउन नसक्ने निरीह सरकार र प्रहरी प्रशासनप्रति आक्रोश पोख्दै घटनाका अपराधिलाई कारबाही नभए धेरै बालिका निर्मला बन्नुपर्ने भएकोले हामीहरु न्यायका लागि आन्दोलनमा उत्रिन बाध्य भएका हौं।'
उनले अपराधीलाई पत्ता लगाएर यथासिघ्र कारबाही गर्न माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.