माइती घरमा आएर युवतीले गरिन् आत्महत्या

माइती घरमा आएर युवतीले गरिन् आत्महत्या

भक्तपुर : भक्तपुरमा एक युवतीले माइतीघरमा झुण्डिएर आत्महत्या गरेकी छन्। विवाह गरेर श्रीमानसँग बस्न नसकेपछि माइतीघरमा बस्दै आएकी भक्तपुर नगरपालिका- ४ गःहिटीकी २३ वर्षीया रेजिला मधिकर्मीले झुण्डिएर आत्महत्या गरेकी हुन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार माइतीघरको पाँचतलामाथि स्टोर कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाइ झुण्डिएर आत्महत्या गरेकी हुन्। परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले आइतबार साँझ रेजिला माइतीघरको पाँचौं तलाको स्टोर कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाइ झुण्डिएको भन्ने सूचना पाएसँगै परिसरबाट प्रहरी टोली खटिएको जानकारी दिए । टोली घटनास्थल पुग्दा रेजिला सिलिङ पंखामा सलको पासो लगाइ झुण्डिएको अवस्थामा भेटिएको उनले बताए।

घटनास्थलमा आत्महत्या गरेकोबारे कुनै टिपोट फेला नपरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए।उनका अनुसार आमाबुबाले मागी विवाह गरिदिएकी रेजिला श्रीमानसँग बस्न नसकेपछि ६ महिनाअघिदेखि माइतीघरमै बस्दै आएका थिइन्।प्रहरीले विवाह भएर पनि श्रीमानसँग बस्न नसकेपछि निराश भएर आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.