बन्दुक बोकाएर फसाएको भन्दै प्रहरी चौकी घेराउ

बन्दुक बोकाएर फसाएको भन्दै प्रहरी चौकी घेराउ

चन्द्रपुर : निर्दोष व्यक्तिहरूलाई प्रहरीले फसाउन खोजेको भन्दै रौतहटको वृन्दावन नगरपालिका वि श्रामपुर टोलका स्थानीय बासिन्दाले सोमबार प्रहरी चौकी घेराउ गरेका छन्। आफूलाई सादा पोसाकको प्रहरी बताउने एक व्यक्तिले रौतहटको वृन्दावन नगरपालिका एक युवकलाई बन्दुक दिएर फसाउन खोजेको भन्दै स्थानीयले प्रहरी चौकी घेराउ गरेका हुन्।

आइतबार साँझ वि श्रामपुरबाट चन्द्रनिगाहपुर आउन लागेका दोजेलाल पटेलको मोटरसाइकलमा सहयोग मागेर आउँदै गरेका सन्तोष पटेलको साथमा रहेको झोलाबाट एक थान नलकटुवा प्रहरीले बरामद गरेको थियो। सादा पोसाकको प्रहरी बताउने चन्द्रपुर नपा १० का रामबाबु पटेलले सो झोला सन्तोषलाई बोक्न दिएको र पछि रामबाबुले प्रहरीलाई खबर गरेको स्थानीयको आरोप छ।

तीनजनासँगै मोटरसाइकलमा वि श्रामपुरबाट बाल्चनपुर जाँदै गरेको र मोटरसाइकलमा हावा कम भएपछि आफू उत्रिएको रामबाबुले बताए। आफू प्रहरी नभएको र खेती किसानी गर्दै आएको बताउँदै रामबाबुले बन्दुकसहित पक्राउ परेका दुवै निर्दोष रहेको प्रहरी चौकीमा स्थानीयवासी तथा जनप्रतिनिधि सामू स्विकार गरेका छन्।

बन्दुक भएको झोला बोक्न दिएर दोजेलाल र सन्तोषलाई फसाउन खोजेको भन्दै सोमबार बिहान सयौं स्थानीयवासीले विश्रामपुर प्रहरी चौकी घेराउ गरेका थिए। दुवैजना निर्दोषलाई फसाउन बन्दुक भएको झोला दिएको भन्दै स्थानीयले सादा पोसाकको प्रहरी बताउने रामबाबुलाई नियन्त्रणमा लिएर प्रहरी समक्ष बुझाएका थिए।

रामबाबुलाई विश्रामपुरबाट इलाका प्रहरी कार्यालय गरुडा लैजाने क्रममा स्थानीय र प्रहरीबीच विवाद भएको थियो। स्थानीयले निर्दोष रहेका दोजेलाल र सन्तोषलाई छोड्न भन्दै दवाब दिएपछि सामान्य झडप भएको थियो। रामबाबुले पनि बरामद भएको बन्दुक आफ्नो रहेको स्विकारेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.