कालिकोटमा सरकारी कार्यक्रममै बालबालिकाको प्रयोग

कालिकोटमा सरकारी कार्यक्रममै बालबालिकाको प्रयोग

कालिकोट : कालिकोट जिल्लाको सदरमुकाम मान्ममा एक सरकारी कार्यक्रममा बालबालिकाको प्रयोग गरिएको छ। मंगलबार बिहान ७ बजेको चिसो समयमा खाँडाचक्र नगरपालिकाको आधारभुत स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको सहयोगमा परिवार नियोजनको अवसरमा आयोजित प्रभात फेरीमा बालबालिकाको प्रयोग भएको हो। 

जिल्ला सदरमुकाम मान्म बजारको जिरो प्वाइन्टदेखि नाराबाजीसहित बजार परिक्रमा गरेर प्रतिमा चौकमा कोण सभामा परिणत भएको थियो। प्रभातफेरीमा जिल्ला सदरमुकाम मान्ममा रहेको माहादेव आधारभुत विद्यालयमा अध्ययनरत बालबालिका प्रयोग गरिएको हो।

खाँडाचक्र नगरपालिकाकी उप-प्रमुख विजया विष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. पुजा बिसी, महिला स्वास्थ्य स्वयंसेवीका संघकी केन्द्रीय सदस्य लालचना पाण्डे, किर्डाक नेपालका बाल अधिकारसम्बन्धी काम गर्ने अधिकृत प्रकाश शाही, महादेव आधारभुत विद्यालयका शिक्षक कमलबहादुर शाही अतिथि थिए। सोही कार्यक्रममा करिब एक घण्टासम्म बालबालिकालाई प्लेकार्डसहित उभ्याइयो।

कार्यक्रममा सहभागी माहादेव आधारभुत विद्यालयका शिक्षक कमलबहादुर शाहीले जिल्ला स्वास्थ्य कार्यालयका सिअहेव कटकबहादुर महतको आग्रहमा कक्षा ७ र ८ मा अध्ययनरत बालबालिका ड्रेस सहित र्‍यालीमा सहभागी गराएका थिए।

तर, जिल्ला स्वास्थ्य कार्यालयका सिअहेव कटकबहादुर महतले यस वर्षको परिवार नियोजनको नारा नै 'किशोर किशोरी सहभागीता, परिवार नियोजनको सुनिश्चितता' भन्ने रहेको हुँदा सोही नाराअनुसार बालबालिकालाई कार्यक्रममा सहभागी गराइएको बताए। उनले १० देखि १९ वर्ष समूहका बालबालिकालाई सहभागी गराएको बताए। 

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले कुनै पनि यस्ता कार्यक्रममा साना बालबालिकालाई प्रयोग गर्न नमिल्ने बताए। उनले मंगलबारको परिवार नियोजन दिवसको कार्यक्रमबारे आफूलाई जानकारी नै नभएको तर बिहान अर्कै कार्यक्रमको सिलसिलामा जिरोप्वाइन्टमा जाँदा बालबालिकालाई लाइन लगाएको देखेपछि मात्र आफूलाई जानकारी भएको बताए। उनले भने, 'बालबालिकालाई यस्ता र्‍याली, नारा, जुलुसमा सहभागी गराउनु गैरकानुनी हो।यसलाई सबैको सहयोगमा निरुत्साहित गर्नुपर्छ।' 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.