चिनियाँ लगानीकर्ता कर्णालीमा

चिनियाँ लगानीकर्ता कर्णालीमा

सुर्खेत : कर्णालीको भौतिक पूर्वाधार विकासमा लगानी गर्न चिनियाँ लगानीकर्ताले रुचि देखिएका छन् । कर्णालीको प्राकृतिक स्रोत र लगानीको वातावरण हेरेर पूर्वाधार विकासमा आफूहरू तयार रहेको लगानीकर्ताले बताएका छन् ।

कर्णाली प्रदेश सरकारको आग्रहमा चिनियाँ लगानीकर्ताले कर्णालीका विभिन्न ठाउँको भ्रमण गरेका छन् । भ्रमणपछि ठूला विकासका पूर्वाधारमा लगानीका लागि आँत्तुर रहेको बताएको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

चीन भ्रमणको तयारीमा रहेका मुख्यमन्त्री शाहीले आफू जानुअघि चिनियाँ लगानीकर्तालाई कर्णालीमा लगानीका सम्भावना देखाउनका लागि भ्रमण गराएका हुन् । विकासका हिसाबले भर्जिनल्यान्ड रहेको कर्णालीको पूर्वाधार विकासमा आवश्यकताअनुसार लगानी गर्न तयार देखिएको मुख्यमन्त्री शाहीको भनाइ छ । मंगलबार चिनियाँ कम्पनी नर्थ वेस्ट एभिएसनसहित लगानीकर्ताको टोलीले कर्णालीका विभिन्न क्षेत्र भ्रमण गरेका छन् । चिनियाँ सरकारको स्वामित्वमा रहेको कम्पनीले कर्णालीमा ठूला विमानस्थल निर्माणमा लगानी गर्न इच्छा देखाएको छ । उक्त कम्पनीले भैरहवा विमानस्थल निर्माण गरिरहेको छ ।

हाई अल्टिच्युट विमानस्थलका रूपमा रारामा विमानस्थल निर्माण गर्न लगानीकर्ताले रुचि देखाएका छन् ।

मुगुको रारामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न चिनियाँ लगानीकर्ताको टोलीसहित मुगु पुगेर फर्केपछि सुर्खेत विमानस्थलमा मुख्यमन्त्री शाहीले विमानस्थल निर्माणमा लगानी गर्न चिनियाँ कम्पनीले तत्परता देखाएको बताए । उनले कर्णालीको पर्यटन, जलविद्युत्, सडक र विमानस्थल निर्माणका लागि बाह्य लगानी आवश्यक रहेकाले चिनियाँ कम्पनीलाई भ्रमणको अनुरोध गरेको बताए । ‘हामीकहाँ ठूला पूर्वाधार छैनन्, बाह्य लगानी बिना निर्माणको सम्भावना छैन’, मुख्यमन्त्री शाहीले भने, ‘चिनियाँ कम्पनीसहित विदेशी लगानीकता हाम्रा आवश्यकतामा लगानी गर्न तयार छन्, केन्द्रसँग समन्वय गरी लगानीको वातावरण मिलाउनेछौं ।’

उनले प्रदेशको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानीकर्ता भित्रयाउन पहल भइरहेको बताए । प्रदेश सरकारको विशेष आग्रहमा नर्थ वेस्ट एभिएसन कम्पनीसहितका लगानीकर्ताको टोलीले सुर्खेतको मदानेचौर, वीरेन्द्रनगर र मुगुको रारा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको मुख्यमन्त्री शाहीले जानकारी दिए ।

यस्तै, कर्णालीको पर्यटन विकासका लागि रारा क्षेत्रमा ठूला होटेल तथा रिसोर्ट र विमानस्थल आवश्यक भएकाले लगानीकर्ताको टोलीलाई उक्त क्षेत्रमा लगानी गर्न आफूले आग्रह गरेको मुख्यमन्त्री शाहीले बताए । हाई अल्टिच्युट विमानस्थलका रूपमा रारामा विमानस्थल निर्माण गर्न लगानीकर्ताले रुचि देखाएका छन् ।

हालसम्म जलविद्युत्को राष्ट्रिय प्रसारण लाइनको पहुँचमा नपुगेको कर्णालीमा तत्काल आन्तरिक विद्युत् उत्पादनका लागि पनि कर्णाली सरकारले लगानीकर्तालाई अनुरोध गरेको छ । आफ्नै विद्युत् भएमा औद्योगिक विकास हुने भएकाले लगानीकर्तालाई जलविद्युत्मा लगानी गर्न आग्रह गरेको मुख्यमन्त्री शाहीले बताए ।

जलविद्युत् विकासका लागि कालिकोटको तिला १ र २, फुकोट हाइड्रोपावर लगायतका क्षेत्रमा अवलोकन गरिएको छ । प्रदेश सरकारले योजना बनाएर अगाडि आफूहरू लगानी गर्न तयार रहेको प्रदेश सरकारलाई लगानीकर्ताले आश्वासन समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.