मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

बागलुङ :  बागलुङ बजारमा मोटरसाइकल दुर्घटनामा परि एक शिक्षकको ज्यान गएको छ । काठेखोला गाउँपालिका—८ लेखानीका २५ वर्षीय कृष्ण कँडेलको गएराति बागलुङ नगरपालिका २ रुद्रेपिपलमा आँफैले चलाएको ग ६ प ७०३१ नम्बरको मोटरसाईकल घर छेउको पर्खालमा ठोक्किँदा ज्यान गएको थियो । मृतक कँडेल सदरमुकाम स्थित रुद्रेपिपल माध्यमिक बिद्यालयमा अध्यापनरत शिक्षक हुन् । 

राति करिव ११ः३० बजे दुर्घटनामा परेका कँडेलको धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा राति १२ बजे मृत्यु भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दिपक रेग्मीले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.