समन्वय प्रमुखको घरमा तोडफोड

समन्वय प्रमुखको घरमा तोडफोड

प्यूठान : जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यको घरमा निरन्तर तोडफोड भएको छ । ऐरावती गाउँपालिका–२ बरौला निवासी आचार्यको घरमा कोही नभएको मौका छोपेर दिउँसो तोडफोड भएको आचार्यले जानकारी दिए । ‘भदौ २० र २४ गते ताल्चा फोरेर घरका सामान छरपरस्ट थिए’,आचार्यले भने,‘पूनः असोज १ गते पनि तोडफोड  भयो ।’ 

सुरुको बेला घरमा भएको दुई हजार रुपैयाँ नगद चोरी भएको उनले बताए । आफू जिल्लामा हुने र श्रीमती पोखराचौर प्रावि उदिकमा पढाउन गएको मौका हेरेर घरमा निरन्तर तोडफोडको श्रृखंला बढ्दै गएको उनले जानकारी गराए । आचार्यले घरमा भएको सुनचाँदी अन्यत्रै राखेको बताए । समन्वय प्रमुख आचार्य सोही वडाको वडा अध्यक्ष समेत हुन् । 

तेस्रो पटक घर तोडफोड गर्ने क्रममा प्रहरीले सोही गाउँपालिका ६ विजुली लादम निवासी १६ वर्षीय एक बालकलाई  रंगेहात प्रक्राउ गरेको छ । ‘थप अनुसन्धान गर्ने काम भइरहेको छ’,जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले भने,‘पीडितसँग सल्लाह गरेर कारवाहीको प्रक्रिया अगाडी बढाउछौँ ।’ प्रहरीको नियन्त्रणमा रहेका बालक मोती मावी वरौलामा ८ कक्षामा अध्ययनरत छन् । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.