हिमपहिरोले धौलागिरिमा एक बेपत्ता

हिमपहिरोले धौलागिरिमा एक बेपत्ता

काठमाडौं : धौलागिरि (८,१६७ मि) हिमाल आरोहण गराउन बाटो बनाउने क्रममा बुधबार एक जना बेपत्ता भएका छन्। 

धौलागिरिको क्याम्प २ र ३ को बीचको ६ हजार ८ सय मिटरमा बाटो बनाउने क्रममा हिमपहिरोले पुरिएर मकालु गाउँपालिका–२ का २२ वर्षीय दावा गेल्जेन शेर्पा बेपत्ता भएका हुन्।

सात शेर्पा बाटो बनाइरहेको समयमा पहिरो आएको र ६ जना शेर्पा सामान्य घाइते रहेको ट्रेकिङ कम्पनी सेभेनसमिट ट्रेकका निर्देशक दावा शेर्पाले बताए। 

घाइते शेर्पाहरू झोला पहिरोले पुरिएको जानकारी आएको कम्पनीको भनाइ छ। सिम्रिक हेलिकोप्टर र लङलाइन गर्ने गाइडसहित बुधबार दिनभर खोजी गरे पनि शेर्पालाई फेला पार्न सकिएको छैन। 

बेपत्ता शेर्पाले सगरमाथा, केटु, मकालु, मनास्लुलगायत आधा दर्जन अग्ला हिमाल आरोहण गरिसकेका थिए। जर्मनी, स्पेन, रसिया, फ्रान्सका १५ जना आरोहीलाई आरोहण गराउन क्लाइम्बिङ गाइडको जिम्मा लिएर उनी धौलागिरि पुगेका थिए।

वसन्तभन्दा शरद् ऋतु केही खतरा मानिन्छ। पर्यटन विभागको तथ्यांकअनुसार २० आरोहण दलबाट एक ५९ जना आरोहीले नौ वटा हिमाल आरोहण गर्न अनुमति लिएका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.