भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ७ नेपालीको मृत्यु भएको पुष्टि

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ७ नेपालीको मृत्यु भएको पुष्टि
सुन्नुहोस्

काठमाडौं : भारतको महाराष्ट्रामा भएको रेल दुर्घटनामा सात जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनामा सात नेपालीले ज्यान गुमाएको जानकारी दिएको छ।

मृत्यु हुनेमा कैलालीका ४३ वर्षीया कमला नविन भण्डारी, ४० वर्षीय लछिराम पासी, अछामका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मौसारा कामी विश्वकर्मा, ६० वर्षीया जोक्ला उर्फ कला कामी र बाँकेका ३२ वर्षीय राधे श्याम राध रहेका छन्।

दुर्घटनामा ४ जना नेपाली घाइते भएका छन्। तीमध्ये ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका १ जनालाई जलगाउँको गोदावरी अस्पतालमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउनका लागि र घाइतेहरूको शिघ्र उपचारका लागि नेपाल सरकारले काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारत सरकारलाई आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.