'अन्नपूर्ण सम्पूर्ण' महिला फुटसल हुने

'अन्नपूर्ण सम्पूर्ण' महिला फुटसल हुने

काठमाडौं :  'युथ लिजेन्ड' संस्थाको आयोजनामा असोज १३ गते 'अन्नपूर्ण सम्पूर्ण कर्पोरट एन्ड नन-प्रोफिट महिला फुटसल' प्रतियोगिता हुने भएको छ। कर्पोरेट हाउसमा काम गर्ने महिलालाई खेलकुदमा सक्रिय गराउने उद्देश्यले कर्पोरेट महिला फुटसल प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक संस्थाका बिजेनेस डेभलपमेन्ट अधिकृत पोषण ज्ञवालीले बताए।

'एकदिने प्रतियोगितामा कम्तीमा १० टोलीको सहभागिता रहनेछ,' ज्ञवालीले भने' सामाखुशी फुटसल सेन्टरमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइनेछ' समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

कर्पोरेट र नाफारहित संघसंस्थामा काम गर्ने महिलाबीच फुटसलको माध्यमबाट सद्भाव बढाउने र महिला सशक्तीकरणका लागि सहयोग पुर्‍याउने आयोजकको विश्वास छ।

प्रतियोगितामा अन्नपूर्ण मिडिया नेटवर्क, आयोजक युथ लिजेन्ड, एनएमबी बैंक, आइटी कम्पनीलगायत संघसंस्थाको सहभागिता रहनेछ' नेपालमा कर्पोरेट स्तरको महिला फुटसल प्रतियोगिता पहिलो पटक हुन गइरहेको आयोजकको दाबी छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.