मल्ट्री इन्ट्री भिसाको प्रक्रिया अन्योल
![मल्ट्री इन्ट्री भिसाको प्रक्रिया अन्योल](https://annapurnapost.prixacdn.net/media/albums/rasuwagadi-kerung-naka_20180617014411_uRlBuiPctq.jpg)
त्रिशूली : नेपाल–चीन प्रवेशका लागि सञ्चालनमा रहेको एक मात्र रसुवागढी नाकाबाट चीन प्रवेशका लागि प्रक्रिया सुरु गरिएको मल्ट्री इन्ट्री भिसा अन्योलमा परेको छ । नेपाल–चीनबीचको भिसा विवादका कारण सो प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
आवेदन दिएको २४ महिना बित्दासमेत भिसा प्राप्त हुन नसकेपछि सरोकारवाला चिन्तित भएका छन् । आवेदन दिएको दुई वर्ष बित्दासमेत कसैले पनि सो भिसा प्राप्त गर्न नसकेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
परराष्ट्र मन्त्रालयमार्फत चीनको अध्यागमन पुगेपछि मात्र भिसा प्रक्रिया सुरु हुनेमा नेपाल–चिनियाँ अधिकारीबीचकै विवादका कारण प्रक्रिया रोकिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)