बलात्कारीलाई कारबाही माग्दै हस्ताक्षर अभियान
काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गर्ने दोषी दुई महिनासम्म पत्ता नलागेको भन्दै हस्ताक्षरमा अभियान थालिएको छ।
धर्म भकारी महिला सेवा समाजले सञ्चालन गरेको हस्ताक्षरमा अभियानमा ठूलो संख्यामा सर्वसाधारण सहभागी भएका थिए।
बलात्कारलगायतका महिला हिंसाका घटना बढ्दै गएका कारण सांकेतिक विरोधस्वरूप हस्ताक्षर अभियान थालिएको समाजकी अध्यक्ष कविता कँुवर (विष्ट)ले जानकारी दिइन्।
‘घटना भएको दुई महिना हुन लागिसकेको छ। तर अहिलेसम्म छानबिन भई हत्यारा पत्ता लागेको छैन’, उनले भने, ‘देशभर बलात्कारलगायत महिला हिंसा बढिरहेका छन्। तर सरकार संवेदनशील हुन सकेको छैन। त्यसैले हामीले सांकेतिक विरोधस्वरूप हस्ताक्षर अभियान थालेका हौं।’
प्रतिक्रिया दिनुहोस !
७