किशोरीलाई आत्मरक्षा तालिम

किशोरीलाई आत्मरक्षा तालिम

भरतपुर : देशमा बलात्कार हत्याका घटना बढेसँगै प्रहरीले विद्यालयमा सचेतना अभियान सुरु गरेको छ। विद्यार्थीहरूको सुरक्षाका लागि चितवन प्रहरीले विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ। अभियान विशेष गरी बालिकालक्षित बनाइएको छ। बालिकाहरूले आफ्नो सुरक्षा आफैं गर्न सक्ने गरी विभिन्न तालिम सिकाइने भएको छ। कक्षा ९ देखि १२ सम्मका किशोरीलाई आत्मरक्षाबारे अभिमुखीकरण गराउन लागिएको हो। बालबालिकाको सुरक्षाका लागि यस अभियान उपलब्धिमूलक हुने जिल्ला प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए। उनले अभियानलाई बढी मात्रामा गाउँकेन्द्रित गरिएको बताए। ‘महिला र बालबालिका सुरक्षामा यो अभियान केन्द्रित छ’, उनले भने, ‘लक्षित वर्गसँगै अभिभावकलाई समेत यसबारे सचेत पारिएको छ।’

बालिकामाथि हुने हिंसा नियन्त्रण गर्न शिक्षक र व्यवस्थापन समितिलाई समेत सहभागी गराइएको छ।

भदौ अन्तिम साताबाट अभियान सुरु गरिएको हो। प्रहरीले जिल्लाव्यापी रूपमा सुरु गरेको अभियान नारायणगढ, खैरहनी र पश्चिम चितवनको चानौली गरी सात वटा निजी तथा सामुदायिक विद्यालयमा सञ्चालन भइसकेको छ। महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण गर्न शिक्षक र व्यवस्थापन समितिलाई समेत सहभागी गराइएको छ। उनीहरूलाई बालबालिकाको निगरानी गर्न लगाइएको छ। नियमित समयभन्दा ढिलो आए विद्यार्थीको सोधीखोजी र निगरानीका लागि शिक्षक तथा व्यवस्थान समितिलाई आग्रह गरिएको छ।

‘उजुरीको घटना बढेपछि सचेतनामूलक काम थालेका हौं’, चितवन प्रहरीका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले भने, ‘सामाजिक रूपमै जागरुक बनाउने हाम्रो अभियान हो।’ सामाजिक सञ्जालको दुरुपयोग, लागुपदार्थ दुव्र्यसनीका कारण महिलामाथि हुने हिंसा बढ्न थालेकाले यसलाई रोक्न र महिलामा प्रतिरक्षा क्षमता बढाउन यस अभियान सञ्चालन गरिएको बताइएको छ। निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई स्वयं सजक रहन आग्रह गरिएको छ। अभियानमा बालिकाहरूलाई आफूमाथि हुने हिंसा प्रतिकार गर्न सिकाइएको छ।

सम्पर्कमा नआएपछि परिवारले उजुरी गरेको आधारमा महिला बढी हराउने गरेको निवेदन बढी दर्ता भएका छन्। अघिल्लो दुई आर्थिक वर्षमा मात्रै पाँच सय ३७ जना महिला हराएको उजुरी परेको छ। आव ०७३/७४ मा दुई सय २९ र ७४/७५ मा तीन सय आठ महिला हराएका थिए। त्यसमा बालिका मात्रै एक सय ६७ जना थिए।

कार्यालयको तथ्यांकअनुसार दुई आवमा चार सय ३७ जना महिला फेलासमेत परेका छन्। यो आवको साउन र भदौमा मात्रै ४४ जना महिला सम्पर्कविहीन भएका छन्। तीमध्ये प्रहरीको समन्वयमा २५ जना फेला परेका छन् भने १३ जना आफैं घर फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.