कडा सुरक्षाबीच राजधानीतर्फ गुडे इन्धन बोकेका ३५ ट्यांकर

कडा सुरक्षाबीच राजधानीतर्फ गुडे इन्धन बोकेका ३५ ट्यांकर

भैरहवा : नेपाल आयल निगमको क्षेत्रीय कार्यालय भलवारी डिपोबाट काठमाडौँका लागि ३५ वटा ट्यांकर गुडेका छन्। 

सार्वजनिक यातायातका चालकको आन्दोलनका कारण काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव भएपछि स्थानीय प्रशासनले व्यवासयी र चालकहरुसँग सहमति गरेर इन्धन बोकेर ट्यांकरलाई राजधानी पठाएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए।

उनका अनुसार राजधानीका लागि भलवारी डिपोबाट १५ वटा ट्यांकर गुडिसकेका छन्।  चालकको आन्दोलनका कारण कडा सुरक्षा व्यवस्थामा भलवारीबाट ट्यांकर राजधानीतर्फ गुडेका हुन्। 

‘बिहानसम्म व्यवसायी र चालकले ट्यांकर लान सहमति जनाएका थिएनन्। छलफलपछि ट्यांकर लान तयार भएका छन्’, उनले भने, ‘अहिले १५ वटा पेट्रोलका ट्यांकर पठाइएको छ र केही समयपछि २० वटा डिजेलका ट्यांकर तथा थप केही पेट्रोलका ट्यांकर पठाउने छौँ।’  

भैरहवा भन्सार कार्यालयका अनुसार चालकको आन्दोलन पश्चात बेलहिया नाकाबाट असोज २ गते ११ वटा एलपी ग्याँस बुलेट, ३ गते ३४ वटा डिजेल, २३ वटा पेट्रोल र १३ वटा मट्टीतेलको ट्यांकर र ४ गते ५० वटा डिजेल, १४ वटा पेट्रोल, एउटा मट्टीतेल, ७ वटा एल.पी ग्याँस बुलेट भित्रिएका छन्। 

चालकको आन्दोलनलाई लिएर बिहीबार जिल्ला प्रशसान कार्यालय रुपन्देहीमा बसेको सर्वदलीय बैठकले २ बँुदे सहमति गर्दै यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो। 

प्रशासनले बिहीबारदेखि नै सुरक्षा व्यवस्थासहित सार्वजनिक यातायात संचालन गर्ने र सवारी संचालन ल्याउन आनाकानी गर्ने व्यवसायी र मजदुरको अनुमति–पत्र लगायतका कागजपत्र १५ दिनसम्म निलम्बन गर्ने निर्णय भएको थियो। निर्णय भएको २४ घण्टा बितिसक्दा समेत यातायात व्यवसायी तथा चालक मजदुरले सार्वजनिक यातायात संचालन गरेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.