प्रदेश नामाकरण र राजधानीमा विमति राखेर धनगढी बन्द, दुईजना पक्राउ

प्रदेश नामाकरण र राजधानीमा विमति राखेर धनगढी बन्द, दुईजना पक्राउ

धनगढी : धनगढी बन्द गराउँदै हिडेका कांग्रेसका एक कार्यकर्ता र एक अटोचालकलाई प्रहरीले पक्रेको छ। नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर ३ मा वडाध्यक्ष लडेका राजबहादुर ऐरलाई धनगढीको ट्राफिक चोक नजिकै पक्राउ गरिएको हो।

यद्यपी कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने पक्राउ गरेको पुष्टि गरेका छैनन्। तर ऐरले टेलिफोनमा आफूलाई प्रहरीले पक्रेर जिप्रकामा राखेको बताएका छन्।

ऐरसँगै रहेका से १ ह ८७८ नम्बरको अटोरिक्साका चालक रामप्रसाद चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ। अटो चल्न नदिएपछि चौधरी बन्दकर्ताको गतिविधि हेरिरहेका थिए। दुबैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ।

प्रदेशसभाको दुई तिहाईले राजधानी गोदावरी राख्ने निर्णय गरेको विरोधमा आजदेखि अनिश्चितकालिन धनगढी बन्द आह्वान गरिएको छ। नागरिक समाज संघर्ष समितिको नाममा धनगढी बन्द गराइएको हो।

धनगढी बजार पुरै बन्द गरिएको छ भने ट्राफिक चोक, सहिद गेट र बोराडाँडीमा बन्दकर्ता हरुले यातायात बन्द गराई रहेका छन्। बिहानै धनगढीबाट केही सार्वजनिक सवारी साधान चलेपनि ९ बजेदेखि ठाउँ ठाउँमा बन्दकर्ता जमा भएर सवारी रोकिरहेका छन्।

प्रहरीले मोटरसाइकलको हावा निकालिदिने, सवारी आवागमनमा रोक लगाउनेलाई पक्रिन आदेश आएको बताएको छ। प्रदेशसभाले गोदावरीको जैविक मार्ग र वन क्षेत्र विनास गर्ने गरी राजधानीको प्रस्ताव पारित गरेको विरोधमा संघर्ष समितिले अनिश्चितकालिन हडतालको घोषणा गरेको हो।

शुक्रबार अपरान्ह विज्ञप्ति जारी गर्दै संघर्ष समितिले प्रदेशसभामा प्रतिपक्ष दलका सांसदहरूसँग छलफल नै नगरी, बाहिर भइरहेको आन्दोलनको पर्वाह नै नगरी प्रस्ताव पास गरिएको आरोप लगाएको छ।

प्रदेशसभाको दुई तिहाई बहुमतले शुक्रबार प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ मा पर्ने गोदावरीलाई पारित गरेको थियो। प्रदेशसभा रहेका ५३ जना सदस्य मध्ये प्रस्तावको पक्षमा ३८ मत खसे भने विपक्षमा एक पनि मत खसेन।

प्रदेशसभामा सुदूरपश्चिम प्रदेशको नाम र गोदावरी प्रदेशको स्थाई राजधानी तोकियोस भनेर नेकपाका प्रदेशसभा सदस्य तारा लामा तामाङ प्रस्तावक र नेकपाकै प्रदेशसभा सदस्यहरू वीरमान चौधरी र शान्ति नेपाली समर्थक रहेको प्रस्ताव शुक्रवार दुई तिहाईले पास भएको थियो।

प्रदेशसभामा सत्ता पक्षका सभामुख सहित ३९ प्रदेशसभा सदस्य छन भने कांग्रेसका १२ र राजपाका दुई जना सदस्य छन्। सभामुख बाहेकका पुरै ३८ मत प्रस्तावको पक्षमा खसेका थिए।

प्रदेशसभामा दर्ता भएको प्रस्तावमा राजधानीका लागि तेघरीस्थित नेपाली सेनाको ब्यारेकदेखि उत्तर पश्चिम, गोदावरी सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व, गोदावरी बजारदेखि दक्षिण चार किल्ला भएको क्षेत्र तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.