उत्तेजित प्रधानमन्त्री, गैरजिम्मेवार गृहमन्त्री : नेता केसी

उत्तेजित प्रधानमन्त्री, गैरजिम्मेवार गृहमन्त्री : नेता केसी

बेनी : नेपाली कांग्रेसका नेता तथा पूर्वसहमहामन्त्री अर्जुननरसिङ केसीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा सरकारद्धारा गठित छानवीन समितिले तयार पारेको प्रतिवेदन सार्वजनीक गर्न माग गरेका छन् ।

नेपाल प्रेस युनियन म्याग्दीको सातौं साधारणसभा तथा पाँचौ अधिवेशन आईतबार बेनीमा उद्घाटन गर्दै नेता केसीले यस्तो बताएका हुन् । भाषणको क्रममा नेता केसीले देशको शान्ति सुरक्षाको अवस्था खस्कँदै गएको बताए ।

‘छानविन समितिको प्रतिवेदन सार्वजनीक नगरेर सरकारले वास्तविकता लुकाएर पिडकले उन्मुक्ति पाउने वातावरण बनाएको छ’ केसीले भने ‘प्रधानमन्त्रीको उत्तेजित र गृहमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिले शंका उब्जाएको छ ।’

जनतालाई कर र महँगीको भार थोपरेको भन्दै केसीले सरकारको कडा आलोचन गरे ।  अधिवेशनले राकेश शर्माको सभापतित्वमा प्रेस युनियन म्याग्दीको नयाँ कार्यसमिति चयन गरेको छ । सो अवसरमा बेनी अनलाईनका हरिकृष्ण गौतमलाई पाँच हजार रुपैयाँ राशीको प्रेस युनियन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.