निर्मला हत्या प्रकरण छानबिन समितिका सदस्य केसी सवार गाडीमा आक्रमण

निर्मला हत्या प्रकरण छानबिन समितिका सदस्य केसी सवार गाडीमा आक्रमण

धनगढी : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिन गर्न गठित उच्चस्तरीय समिमितका एक सदस्य सवार गाडीमा आक्रमण भएको छ । 

छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएपछि आइतवार धनगढी फिरेका प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सवार गाडीमा आक्रमण भएको हो । 

सुदूरपश्चिमको राजधानी गोदावरी तोकिएको विरोधमा आन्दोलनरत समूहबाट केसी सवार बा१झ९७०३ नम्बरको सरकारी गाडीमाथि धनगढी–अत्तरिया सडकखण्डमा  आक्रमण भएको हो । 

केसी सवार गाडीमाथि सुरुमा अगाडिबाट ढुंगा हानिएको थियो । अगाडिबाट हानिएको ढुंगा छलेपछि उनी सवार गाडीमा पछाडिबाट हानिएको ढुंगाले लागेको छ । 

‘मोटरसाइकलमा सवार युवाहरुमध्ये एकजनाले पछाडिबाट ढुंगा हानेपछि गाडीको शिशा फुटेर मेरो टाउकोमा पनि लाग्यो’, केसीले भने, ‘टाउकोमा सामान्य चोट लागेको छ, टोपी लगाएकाले गहिरो चोट लाग्न पाएन ।’ 

केसी गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिमा करिब एक महिनासम्म रहेर धनगगढी फिरेका हुन् । 

उनले समितिको पहिलो १५ दिनको म्याद सकिएपछि निर्मलाले न्याय नपाउने भन्दै राजीनामा दिएका थिए । तर गृहमन्त्री थापासँगको छलफलपछि उनी काममा फर्किएका थिए । 

गोदावरी राजधानी तोकिएपछि धनगढीमा आन्दोलन चर्किएको छ । स्थानीयबासी सडकमा उत्रिएर सरकारी तथा निजी सबै किसिमका सवारीसाधन सञ्चालनमा अवरोध गरिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.