भन्सार छलेर नेपाल भित्र्याइएको २ लाख ५७ हजार बराबर सामान बरामद

भन्सार छलेर नेपाल भित्र्याइएको २ लाख ५७ हजार बराबर सामान बरामद

भैरहवा : रुपन्देहीको सीमा नाका बेलहियाबाट भन्सार छली गरेर ठूलो मात्रामा नेपाल भित्र्याइएका कपडा लगायत चाडबाडका सामाग्री सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गस्ती नम्बर ३८ गुल्म डण्डाले सुट, साडी, कूर्ता, सरुवाल लगायत २ लाख ५७ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको हो । व्यापारिक प्रयोजनका लागि भारतबाट सामान भित्र्याइएको भन्दै प्रहरीेले बरामद गरेको बताएको छ ।

भैरहवादेखि बुटवलतर्फ जाँदै गरेको लु. १ ज २८७० नम्बरको गाडी चेकजाँच गर्दा गाडीमा रहेको कुचोको बिलबिजक रहेको र सोही गाडीमा प्रज्ञापनपत्रबिना २१ वटा बोरामा प्लाष्टिकका विभिन्न साम्रगी भेटिएको थियो ।

सशस्त्र प्रहरीको टोलीले गाडी र चालकलाई अनुसन्धान गरी कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल बुझाएको छ । चालक नुवाकोट ताराकेश्वर–६ का ४९ वर्षीय नवराज रिमाललाई राजश्व अनुसन्धान कार्यालयले २ लाख ४७ हजार धरौटीमा छोडेको बताइएको छ ।

दशैँ–तिहार नजिकएसँगै कपडा लगायत अन्य साम्रगीको तस्करी सुरु भएपछि सस्शत्र प्रहरी बलले तस्करी नियन्त्रणमा कडाइ गरेको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.