नोभेम्बरदेखि एपीवानमा 'को बन्छ करोडपति'

नोभेम्बरदेखि एपीवानमा 'को बन्छ करोडपति'

काठमाडौँ : गायन रियालिटी शो नेपाल आइडल र डान्स रियालिटी शो बुगीवुगीको सफलतापछि एपीवान एचडी टेलिभिजनले अर्को विश्वचर्चित टेलिभिजन रियालिटि शो को नेपाली संस्करण सुरु गर्ने भएको छ। 

who wants to be a millionaire को नेपाली संस्करण 'को बन्छ करोडपति' आगामी नोभेम्बर महिनाबाट एपीवान एचडी टेलिभिजनमा प्रसारण हुने भएको हो । 

कार्यक्रममा 'कौन बनेगा करोडपति' का प्रस्तोता भारतीय अभिनेता अमिताभ बच्चनले 'को बन्छ करोडपति' कार्यक्रमको सफलताका लागि नेपाली भाषामै दिएको शुभकामनाको भिडियो सन्देश पनि प्रसारण गरिएको थियो । 

यो कार्यक्रमका लागि बिहीबार एपीवान टेलिभिजन व्यवस्थापन र प्रायोजक कम्पनीहरुबीच होटेल याक एन्ड यतिमा सम्झौता भएको छ । नेपालका चर्चित नायक राजेश हमाल प्रस्तोता रहने यो कार्यक्रमको स्पोन्सरका रुपमा कोकाकोला, सिभिल बैंक, हिरो, इन्डिका हेयर कलर, बाल्ट्रा होम एप्लाइन्स, स्विट द्याट फिड्स, एजुकेसन पार्क, इन्चान्टेयर रहेका छन् ।  

कार्यक्रममा बोल्दै अन्नपूर्ण मिडिया नेट्वर्कका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले यो कार्यक्रम अन्तर्राष्ट्रियस्तरको हुने भएकाले दर्शकले भरपुर मनोरञ्जनसँगै ज्ञान पनि लिने बताए । 

कार्यक्रममा प्रस्तोता रहेका नायक राजेश हमालले नेपाली संस्करणमा यो कार्यक्रम आउँदा आफू खुसी भएको बताउँदै नेपाली दर्शकहरुले फरक स्वाद पाउने पनि बताए । 

'यो खेल मात्रै होइन, यसले नेपाली जनसमुदायको एकता र पहिचान पनि स्थापित गर्छ', हमालले भने, 'यो अन्तर्राष्ट्रियस्तरको कार्यक्रम हो ।'

त्यसैगरी को बन्छ करोडपतिका निर्देशक सुरेश पौडेलले उमेर, भूगोल र लैङ्गिक हरेक हिसाबले यस कार्यक्रमलाई समावेशी बनाइने जानकारी दिए । उनले यो कार्यक्रम नोभेम्बरको दोस्रो सातादेखि प्रसारणमा आउने पनि जानकारी दिए । 

को बन्छ करोडपति कार्यक्रम उत्पादक संस्थ एसआरबिएन मिडियाका सीईओ विपिन आचार्यले धन्यवाद दिँदै विश्वचर्चित कार्यक्रम नेपालमा ल्याउन सकेकोमा खुसी प्रकट गरे । 

डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभेन नाइटले सुरु गरेको 'who wants to be a millionaire' प्रसारणमा ल्याउने नेपाल १ सय ६१ औँ देश हुनेछ ।

बेलायतमा सन १९९८ सेप्टेम्बर ४ मा सुरु भएको 'who wants to be millionaire' कार्यक्रम भारतमा चार भाषामा प्रसारण हुने गर्दछ । बलिउडका विख्यात नायक अमिताभ बच्चनले सञ्चालन गर्ने 'कौन बनेगा करोडपति' नेपालमा पनि धेरैले हेर्ने कार्यक्रममध्येमा पर्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.