पार्टी र जनप्रतिनिधिबीच सम्बन्ध चिसियो : मुख्यमन्त्री गुरुङ

पार्टी र जनप्रतिनिधिबीच सम्बन्ध चिसियो : मुख्यमन्त्री गुरुङ

स्याङ्जा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनप्रतिनिधि र राजनीतिक दलबीच समन्वय नभएको गुनासो गरेका छन् ।

विकास निर्माणका काममा जनप्रतिनिधि र पार्टीबीच हातेमालो हुनुपर्नेमा अन्य राजनीतिक दललाई पाखा लगाउँदा जनप्रतिनिधिको उपलब्धी नदेखिएको बताए । वालिङ नगरपालिका–४ स्थित एलादी स्वास्थ्य चौकीको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङ्ले यसो भनेका हुन् । उनले भने, ‘पार्टी र जनप्रतिनिधि बीच सम्बन्ध चिसिँदै गएको छ । स्थानीय तहमा सचिवालयय बनाएर सम्बन्ध बिस्तार गर्नुपर्छ ।’

नेकपाको प्रदेश इन्चार्जको जिम्मेवारी पाएपछि पहिलोपटक स्याङ्जा आएका गुरुङ्ले स्थानीय तहका कार्यकर्तामा पार्टी नभए झैँ भान भएको टिप्पणी गरे ।

यसबाहेक गुरुङले दुई पार्टीबीचको एकता भएको एक वर्ष पुग्दा पनि पूर्णता नपाउनु दुखद् रहेको भनेका थिए । यहाँ स्वास्थ्य चौकी भवन १ करोड ४७ लाख ५० हजारको लागतमा निर्माण भएको हो । १६ कोठा भएको तीनतले उक्त स्वास्थ्य चौकीबाट यहाँका करिब १५ हजार स्थानीय नागरिकले सेवा लिनसक्ने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.