सुर्खेतमा विवेकशील साझाको आमसभा
![सुर्खेतमा विवेकशील साझाको आमसभा](https://annapurnapost.prixacdn.net/media/albums/bibekshilsajha_20181005082945_DmIJFzUScp.jpg)
काठमाडौं : ९० दिने संगठन विस्तार अभियानमा रहेको विवेकशील साझा पार्टीले शुक्रबार सुर्खेतमा आमसभा गर्दैछ । यसका लागि केन्द्रीय नेताहरु पनि सुर्खेत पुगेका छन् ।
सूदुरपश्चिम प्रदेशमा करिब ६ सय नेता–कार्यकर्तालाई दिएको प्रशिक्षण सम्पन्न भएपछि आमसभा आयोजना गरिएको विवेकशील साझाका नेताले बताएका छन् ।
सुर्खेतको पिपलचौतारामा हुने आमसभा भाग लिन दुई दिनदेखि पैदल हिँडेर जनताहरु आएको समेत विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले जानकारी दिएका छन् ।
विवेकशील साझाले जारी गरेको विज्ञप्ति अनुसार दशैंअघि नै कर्णाली प्रदेश र प्रदेश ५ मा आमसभा गरिने छ । आमसभामा केन्द्रीय संयोजक रवीन्द्र मिश्र, उज्जवल थापा, नेताहरु केशव दाहाल लगायतले सम्वोधन गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)