सिके राउत रौतहटबाट पक्राउ

सिके राउत रौतहटबाट पक्राउ

गौर : स्वतन्त्र मधेसको माग गर्दै आएका सिके राउत रौतहटको गौरबाट आइतबार पक्राउ परेका छन्।रौतहटमा प्रहरीले राउतलाई दिउँसो जिल्ला अदालतबाट फर्कदै गर्दा पक्राउ गरेको हो।

राउत दिउँसो  आफ्ना समर्थकका साथ एकसय भन्दा बढी मोटरसाइकल र्याली लिएर अदालतमा पुगेका थिए।

उनी पुरानो मुद्दाको शिलशिलामा रौतहट  जिल्ला अदालतमा हाजिर हुन पुगेका हुन्।  यसअघि पनि सिके राउत विभिन्न जिल्लामा पटकपटक पक्राउ पर्दै छुट्दै आएका थिए।

रौतहटमा प्रहरी प्रमुख एसपी केदार ढकालले राउतलाई पक्राउ गरी हिरासतमा राखेको जानकारी दिए।एसपी ढकालले भने, ‘डा. सिके राउतलाई राज्यविरुद्धको कसुर अन्र्तगत पक्राउ गरी अनुसन्धान सुरु गरेका छौँ।’

प्रहरीले राज्यविरुद्धको कसुर अन्र्तगत दफा ४९ को उपदफा ४ बमोजिम पक्राउ गरेको जनाएको छ। उक्त दफामा सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता उपर खलल गर्न नहुने उल्लेख छ।

सिके राउतलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका उनका समर्थकलाई प्रहरीले लाठीचार्ज गरी तितरबितर पारेको छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.