यात्रुलाई सहायता कक्ष

यात्रुलाई सहायता कक्ष

तानसेन : चाडपर्व नजिकिँदै गर्दा यात्रुहरूको सुरक्षाका लागि पाल्पाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। तानसेन, रामपुर बसपार्क, आर्यभञ्ज्याङ, हार्थाेक, छहरा, ताहु, सराईलगायत क्षेत्रमा ट्राफिक, जनपथ प्रहरी, नागरिकको सहकार्यमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो।

यात्रुहरूलाई सुरक्षित हिसाबले गन्तव्यतर्फ पुग्ने वातावरण सिर्जना गर्न यात्रु सहायता कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको छ। बिहान ५ बजेदेखि राति १० बजेसम्म निरन्तर यात्रु सहायता कक्षबाट सेवा प्रदान गरिने प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए। यात्रुहरू पुग्ने स्थान, सवारी साधनको अवस्था, भाडादर, समस्यामा परेकालाई सहयोग गरी गन्तव्यसम्म पु¥याउन यसले सहयोग गर्ने प्रहरी उपरीक्षक पोखरेलले बताए।

सबैको सुरक्षित यात्राका लागि यातायात व्यवसायी महासंघ प्रदेश ५ ले पनि प्रहरीसँग मिलेर काम गर्दै आएको छ। कुनै पनि यात्रु कुनै कारणले बेखर्ची भए, गन्तव्यसम्म पुग्न नसके जिल्लास्थित यातायात समिति कार्यालयबाट निःशुल्क टिकट व्यवस्था गरिएको संयोजक डिलबहादुर ढुंगानाले बताए।

चाडबाडमा सवारीसाधन र यात्रुको भिड हुने हुँदा दुवै पक्षको व्यवस्थापन गरिने प्रहरीले बताएको छ। मानव अधिकारकर्मी दिवाकर पाण्डेले नागरिक सहायता कक्ष प्रभावकारी र जनताले अनुभूति हुने गरी सञ्चालन हुनुपर्ने, राजमार्गदेखि ग्रामीण सडकमा पुगी यात्रुका समस्या खोजी सम्बोधन गर्ने गरी काम गर्न जिल्ला प्रहरी तथा ट्राफिक प्रहरीलाई आग्रह गरे।

जिल्ला प्रहरी र ट्राफिक प्रहरीले सवारीसाधनका चालक र सहचालकलाई जिम्मेवार बनाउँदै उत्कृष्ट चालकलाई सम्मान गरेको छ।

नेपालगन्जमा पनि सहायता कक्ष 
दसैंमा गन्तव्यतर्फ पुग्ने यात्रुलाई सहजता प्रदान गर्न नेपालगन्ज बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी, वडा प्रहरी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक सहयोग केन्द्रले संयुक्त रूपमा स्थापना गरेको नागरिक÷यात्रु सहायता कक्षको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आइतबार शुभारम्भ गरेका हुन्।

प्रजिअ भुजेलले दसैंमा घर जाने यात्रुलाई यसबाट सहज मद्दत मिल्ने बताए। कार्यक्रममा बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले गैरकानुनी रूपमा यात्रीलाई सास्ती दिने सबैलाई कारबाही गर्न सम्बद्ध सुरक्षाकर्मीलाई निर्देशन दिए। उनले नेपाल–भारत सीमा क्षेत्र जमुनाहा र कोहलपुर बसपार्क क्षेत्रमा यसअघि नै सहायता कक्ष सञ्चालनमा आइसकेको बताए। उनले सहायता कक्षमा २४ सै घण्टा सुरक्षाकर्मी तैनाथ गरी यात्रीलाई सुरक्षाको प्रत्याभूति दिलाइने विश्वास दिलाए।

बाँके ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर हिरेन्द्र रोकायले दसैंको मौका छोपी ओभरलोड गरिएमा कारबाही गरिने बताएका थिए। नेपालगन्जबाट पूर्व र पश्चिमका विभिन्न जिल्लामा दसैंमा घर जाँदा यात्रुबाहक गाडीका प्रतिनिधिले तानातान गरेर अनावश्यक दुःख दिने गुनासो गरिरहेका छन्। बसपार्कबाट छुट्ने बस पुष्पलाल चोकमा पुगेर यात्रीलाई सताउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.