पुल निर्माण अलपत्र : ठेकेदार भागे, सरकारलाई चासो छैन

पुल निर्माण अलपत्र : ठेकेदार भागे, सरकारलाई चासो छैन

अछाम : झण्डै ६ वर्षअघि निर्माण सुरु गरिएको बुढीगंगा नदीको पक्की पुल अझै सम्पन्न भएको छैन । निर्माण कार्य समेत अलपत्र बनेपछि अन्योल थपिएको छ ।

२०७० सालमै निर्माण सुरु भएको पक्की चित्रे पुल प्रारम्भिक दिनमा काम भए पनि पछिल्लो समय अलपत्र अवस्थामा छ । निर्माण कम्पनीको सम्झौता अनुसार उक्त पुल २०७२ सालमै सक्नुपर्ने थियो ।

स्थानीय नन्देगडा तुल्सी दुर्गा जेभीसँग तत्कालिन जिल्ला विकास समितिले गरेको सम्झौता अनुसार सय मिटर लम्बाईको पक्की पुल भ्याट बाहेक ५ करोड ६३ लाख १५ हजार ७ सय ६६ रुपैयाँमा २२ महिनामै काम सक्नुपर्ने भनिएको थियो ।

निर्माण हेरिरहेका इन्जिनियर मंगल बुढाका अनुसार ६० प्रतिशत मात्र काम भएको छ । तर ठेकेदार नै पछिल्लो समय सम्पर्क बिहिन भएपछि पुल निर्माणको काम नै अन्योल बनेको हो । उनका अनुसार ठेकेदार नै महिनौँदेखि फरार छन् ।
 
तर निर्माण कम्पनीले काम बापतको २ करोड ५० हजार र जिल्ला प्राविधिक कार्यालयबाट १ करोड ५० हजार रकम भुक्तानी लिइसकेको बताइएको छ । स्थानीयले भने अचेल निर्माण कम्पनीले लापरवाही गरेकाले उसलाई कारवाही गर्नुपर्ने माग राख्न थालेका छन् । अर्कोतर्फ सरकारी पक्ष र अन्य सरोकारवालाले समेत चासो देखाएका छैनन् ।

ठेकेदार कम्पनीलाई खोजी गर्ने र काम सुचारु गराउनेबारे सरोकारवालाले पनि ध्यान नदिएपछि काम थप अलपत्र बनेको हो । स्थानीय भने पुल निर्माण नभएकै कारण ३० मिनेटको बाटो पनि २ घण्टा हिँड्न बाध्य छन् । सेती लोकमार्ग र मध्यपहाडी लोकमार्गसँग सजिलै जोडिने उक्त पुल बनेको अवस्थामा अछामको साँफे, मंगलसेन आवजजावत गर्न सहज हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.