हुलाकी सडकमा कमसल सामग्री

हुलाकी सडकमा कमसल सामग्री

वीरगन्ज : पर्सामा निर्माणाधीन हुलाकी सडकमा फेरि कमसल सामग्री प्रयोग गरेको भेटिएको छ।

वीरगन्जको प्रतिमा चोकबाट ठोरीको चौतारासम्म ६० किलोमिटर हुलाकी सडक निर्माण भइरहेको छ। जिराभवानीको सेढवास्थित चमरी टोलबाट चौतारासम्म ३० किलोमिटरको ठेक्का कालिका बानियाँ जेभी कन्स्ट्रक्सनले लिएको छ। जिराभवानी-१ गम्हरियाँमा अहिले सडक कालोपत्रेसँगै नाला बनाउने काम भइरहेको छ। नाला निर्माणमा कमसल इँट्टा प्रयोग भइरहेको भेटिएको हो।

सडक विभाग र निर्माण कम्पनीबीचको सम्झौतामा हुलाकी सडकको नालामा एक नम्बर गुणस्तरको इँट्टा प्रयोग गर्नुपर्ने उल्लेख छ। तर, ठेकेदारले दुई र तीन नम्बर गुणस्तरका इँट्टा प्रयोग गरिरहेको छ। हुलाकी सडक परियोजनाको परामर्शदाता भारतीय कम्पनी राइट्सका इन्जिनियर अतुल चाचानले मंगलबार स्थलगत निरीक्षण गरे। स्थानीयले कमसल सामग्री प्रयोग भइरहेको गुनासो गरेपछि उनी निरीक्षणमा गएका हुन्।

चाचानले नाला निर्माणमा सम्झौताविपरीत कम गुणस्तरका इँट्टा प्रयोग भइरहेको फेला पारेको जनाइएको छ। उनले बनिसकेको नाला भत्काएर एक नम्बर इँट्टा प्रयोग गर्न ठेकेदारलाई निर्देशन दिएको स्थानीय कृष्णमोहन साहले जानकारी दिए। चाचान फर्किएपछि ठेकेदारले भने अटेर गर्दै नाला निर्माणलाई जारी राखेको उनले सुनाए।

स्थानीय कमलेश राय थारूले पनि ठेकेदारका कामदारले दुई नम्बरकै इँट्टा नालामा प्रयोग गरिरहेको बताए। ‘ठेकेदारले यो नाला भत्काएर एक नम्बरको इँट्टा प्रयोग गरेन भने हामी नै अघि बढ्छौं’, उनले भने, ‘यसका लागि एक-दुई दिन पर्खिन्छौं।

चाचानले कम गुणस्तरका इँट्टा प्रयोग नगर्न र त्यस्ता सामग्री हटाउन लगाएको बताए। यसअघि कालिकाले नै ठेक्का सकारेको विजय बस्तीमा निर्माणाधीन हुलाकी सडकमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको भन्दै स्थानीयले अवरोध गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.