स्वास्थ्य राज्यमन्त्रीको गुनासो, 'आठ लाख आम्दानी मन्त्री भएपछि ७१ हजारमा झर्‍यो'

स्वास्थ्य राज्यमन्त्रीको गुनासो, 'आठ लाख आम्दानी मन्त्री भएपछि ७१ हजारमा झर्‍यो'

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले आम्दानीका हिसाबले आफूलाई घाटा भइरहेको दुःखेसो व्यक्त गरेका छन।

राष्ट्रिय मृर्गौला उपचार केन्द्र र सुमेरु अस्पतालको संयुक्त आयोजनामा शुक्रबार आयोजित योगा र मेडिटेशनको प्रभाव विषयक कार्यक्रममा बोल्दै राज्यमन्त्री यादवले यस्तो गुनासो गरेका हुन्। 

‘बिरामीको उपचार गर्ने आफ्नो पेशा छोडेर आएँ। महिनामा सात आठ लाख कमाई हुन्थ्यो। अहिले एकहत्तर हजारमा झरेको छुँ।’

स्वास्थ्य क्षेत्रमा केही परिवर्तन गर्न सकिने आशा लिएर राज्यमन्त्री बनेको उनले बताए। भ्रष्टाचार आफूले नगर्ने प्रतिवद्धता व्यक्त गर्दै डा. यादवले भ्रष्टाचार बढेकोप्रति चिन्ता व्यक्त गरे। 

‘गर्वसाथ भन्छु अहिलेसम्म कुनै चलखेल गरेको छैन। कुनै प्याकेज लिएर कसैलाई कतै नियुक्ति वा सरुवा गरेको छैन’, मन्त्री यादवले भने, ‘कसैले गल्ती गरे तुरुन्तै कारवाही गर्न सक्ने आँट छ।’ 

कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा. डा. जगदीश अग्रवालले भ्रष्टाचार गर्ने व्यक्तिलाई तनाव हुने बताए। 

 कार्यक्रममा वरिष्ठ मृर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, डा. नविन बस्नेत, डा. केयुर गौतमले स्वस्थ्य जीवनका लागि तनाव घटाउनु पर्ने कुरामा जोड दिए। त्यस्तै जीवन विज्ञान केन्द्रका एलपी भानु शर्मा र रमेश नेपालले योग तथा मेडिटेशनको महत्वबारे प्रकाश पारे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.